शेयर बजार २३.८३ अंकले घट्दा एक अर्ब सात करोडको कारोबार, लक्ष्मी बैंकको सबैभन्दा बढी

Advertisement

काठमाडौँ । आइतबार पनि शेयर बजार घटेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड –नेप्से) का अनुसार आज बजार २३.८३ अंकले तल झरेको हो । १.३० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८१५.१३ अंकमा ओर्लिएको छ । 

Advertisement

आज २२८ कम्पनीका ४० लाख १४ हजार ४ सउय १९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार तल झरेको दिन सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी उत्पादनमूलक समूह ८४.४६ अंकले घटेको हो । 

समग्रमा बजार घटे पनि आज अभियान  लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज २४ कम्पनीको मात्रै शेयर मूल्य बढेको हो । आज सबैभन्दा बढी तेह्रथुम पावरका लगानीकर्ताले ७.९० प्रतिशतले घाटा व्यहोरेका छन् ।

लक्ष्मी बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको २६ करोड २ लाख ५७ हजार ५ सय १८ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement