डिशहोम फाइबरनेटको ‘खुशीको साथी’ सार्वजनिक

Advertisement

काठमाडौं ।  डिशहोम फाइबरनेटले नयाँ योजना ‘खुशीको साथी’ सार्वजनिक गरेको छ । यसअन्तर्गत ग्राहकहरुले रु ४१ हजार ७३९ मा डीएचआई स्मार्ट टिभी, फाइभजी ड्युल ब्याण्ड राउटरसहित २५० एमबीपीएस फाइबरनेटको एक वर्षे ग्राहक सुविधाका साथै डिशहोम आईटीभीको एक बर्षको ग्राहक सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

डिशहोम फाइबरनेटले इन्टरनेट छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्दै देशका विभिन्न क्षेत्रहरुमा फैलिँदै ग्राहकहरुको मन जितिरहेको कम्पनीको भनाई छ । त्यस्तै दिनानु लोकप्रियता बढिरहेको, आईटीभीमा ग्राहकहरुले सर्ट टिभी, फन टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिजहरु जस्ता डिशहोम विशेष च्यानलहरु सहित २०० भन्दा बढी टिभी च्यानलहरु हेर्न सक्छन् । 

Advertisement

खुशीको साथी, अन्तर्गतको उत्कृष्ट डीएचआई स्मार्ट टिभीमा ग्राहकहरुले एउटा छुट्टै र उत्कृष्ट टिभी हेराइको अनुभव प्राप्त गर्न सक्ने बताउँदै डिशहोमले परिवारका हरेक सदस्यहरुको फरक फरक आवश्यकतालाई मध्यनजर गर्दै डिशहोम मिडियाले आफ्ना सेवाहरु समावेश गरि यो योजना ल्याएको बताएको छ । 

Advertisement

Advertisement