सिक्लेस हाइड्रोपावरको आईपीओ मंगलबार बाँडफाँट हुने, कहाँ र कति बजे ?

Advertisement

काठमाडौँ । सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ २९ गते असोज २ गतेसम्म निष्काशन खुला गरेको साधारण शेयर (आईपीओ) मंगलबार बिहान बाँडफाँट हुने भएको छ । 

बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटको कार्यालय नारायणचौर नक्सालमा बिहान ९ बजे आईपीओ बाँडफाँट हुने भएको हो ।  

Advertisement

उक्त कम्पनीको आईपीओमा १५ लाख ३८ हजार ८ सय ३८ जनाले १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपियाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताका लागि आवेदन दिएका छन् । 

कम्पनीले सर्वसाधारणका लागि ११ लाख ५० हजार कित्ता आईपीओ निष्काशन खुला गरेको थियो । 

कूल निष्काशन मध्ये ५७ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि र ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याएर बाँकी रहेको १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । 

सर्वसाधारणका लागि छुट्याएको आईपीओ १ लाख ५ हजार ८ सय जनाले १०–१० कित्ताको दरले पाउने छन् । 

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयलाई आईपीओ बिक्री गरी सकेको छ । कम्पनीले २० लाख कित्ता आईपीओ निष्काशनको लागि सेबोनबाट अनुमति पाएको थियो ।   

Advertisement

Advertisement