नाडा ईभी एक्स्पो सम्पन्न, ईभी महंगो लाग्योः उपभोक्ता, प्रतिस्पर्धा हुँदै जाँदा घटिहाल्छः व्यवसायी

Advertisement

काठमाडौं । नाडा ईभी अटो सोमा राखिएका विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य सर्वसाधरणको पहँुच भन्दा बाहिर रहेको अवलोकनकर्ताहरुले गुनासो गरेका छन् । 

नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले विद्युतीय सवारी साधनको प्रयोग बढाउनका लागि पहिलोपटक नेपालमा ईभी अटो शो आयोजना गरेकोमा अवलोकनकर्ताहरुले भने सर्वसाधरणको पहँुचभन्दा बाहिर विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य रहेको गुनासो गरेका हुन् । 

Advertisement

शो विद्युतीय सवारी साधन सर्वसाधारणको पहुँचमा पुर्याउने र पेट्रोलियम सवारी साधनलाई विद्युतीय सवारीमा प्रतिस्थापन गर्ने उद्देश्य भएपनि सार्वसाधरणको पहुँचभन्दा माथि मूल्य भएको सर्वसाधरणले गुनासो गरेका छन् । 

मेला अवलोकन गर्न आउने सर्वसाधरणहरुले प्रदूषण कम गर्न र पेट्रोलिय पदार्थको विकल्प खोज्नुपर्ने अवस्था भएपनि विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य सर्वसाधरणले सोचेको भन्दा बढी भएको बताउँदै विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य न्युनतम २ लाख ५० हजारदेखि ६ लाखभन्दा माथिसम्म पर्ने भएकाले सर्वसाधारणले किन्ने पहुँच नहुँदा हेर्नुबाहेक केही नभएको गुनासोगरे । 

काठमाडौंको कपनबाट नाडा ईभी शो अलोकन गर्न आएका उत्तम गुरुङले विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य सामान्य नागरिकको पहुँचभन्दा बाहिर रहेको बताए । उनले १०० किलो मिटर मात्रै गुड्ने र एक जना मात्रै चढ्न मिल्ने विद्युतीय बाइकको मूल्य ६ लाखभन्दा माथि पर्ने भएकोले विद्युतीय बाइक जनतामुखी नभएको बताए । 

गुरुङले विद्युतीय सवारी साधन जनतालाई  विलासिता भन्दा पनि आवश्यकता भएकाले सर्वसाधरणले किन्नसक्ने मूल्य हुनुपर्ने बताए । उनले अबको युग विद्युतीय सवारी साधनको भएपनि जनताले सहज रुपमा लाभ लिने खालको अवस्था नभएको भन्दै सरकारले पनि विद्युतीय सवारी साधनलाई भन्सार शुल्क लगायत सहुलियत गरेर सर्वसाधरणको पहँुचमा पुग्नेगरी सस्तो मूल्यमा विद्युतीय बाइक गाडी उपलब्ध गराउन सक्नुपर्ने बताए । 

पैसा हुनेहरुको लागि महँगो बाइक वा गाडी चड्ने भएता पनि सर्वसाधरणका लागि मूल्य कम हुनुपर्ने गुरुङको भनाई छ । 

त्यस्तै, अर्का अवलोकनकर्ता सञ्जय श्रेष्ठले पेट्रोलियम बाइक वा स्कुटरभन्दा लागतको हिसावले विद्युतीय सस्तो भएको पाए पनि खरिद मूल्य भने महँगो पाइएको बताए । उनले अहिले नयाँ नयाँ टेक्नोलोजी आएकाले अब विद्युतीय सवारी साधनमा जानुको विकल्प नभएको बताए । 

श्रेष्ठले सबै खालका जनताको पहँुचमा पुर्याउनको लागि सरकारले मुख्य भुमिका खुल्नुपर्ने बताए । उनले सरकारले विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको किस्ता वा पेट्रोलियम पदार्थ भर्दा जस्तै भुक्तानी गर्न मिल्ने प्रणाली लागू गरे सबैको पहुँचमा पुग्ने बताए । 

अर्का अवलोकनकर्ता विष्णु पोखरेलले पेट्रोलियम बाइकभन्दा विद्युतीय बाइकको मूल्य महँगो नै पाइएको बताए । उनले विद्युतीय दुई पाङ्ग्रे सवारी साधन किन्दा महँगो भए पनि किनेपछि फाइदा रहेको पनि बताए । उनले बिस्तारै विद्युतीय सवारीको माग बढ्दै जाँदा मूल्य कम हुँदै जाने अपेक्षा रहेको बताए । 

यता एशोसियशनका अध्यक्ष धु्रव थापाले आफूले पनि पेट्रोलियको तुलनामा विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य महँगो महशुस हुने गरेको बताए । उनले विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको ब्याट्री महँगो भएको कारण महँगो भएको बताए । थापाले दुई पाङ्ग्रे सवारी साधनमा त्यस्तो भए पनि चार पाङ्ग्रे विद्युतीय सवारी साधनमा त्यस्तो नभएको बताए । 

उनले विदेशमा हेरी नेपालमा विद्युतीय सवारी साधनको मूल्य कम रहेको दाबी गरे । थापाले विद्युतीय सवारी साधनको बजार प्रतिस्पर्धा हुँदै जाँदा क्रमशः कम हुँदै जाने बताए । उनले विद्युतीय सवारी साधनको मूल्य कम गर्नको लागि सरकारले किलोवाटमा नभएर भन्सार दर खरिद गरेको मूल्यको आधारमा लागू गर्नुपर्ने बताए । 

त्यस्तै सुपर सोको नेपाल कम्पनीकी बजार व्यवस्थापक स्वस्तिका भट्टराईले विद्युतीय स्कुटरमा लिथियममाइन ब्याट्री प्रयोग हुने भएकाले पेट्रोलियम स्कुटरभन्दा केही महँगो नै भएको बताइन् । उनले विद्युतीय स्कुटर महँगो भएपनि एक पटक मात्रै लगानी गर्दा हुने बताए । 
एमएम आई मोटर्स कम्पनीका निर्देशक सन्जीव शिल्पकारले पेट्रोलियम बाइक स्कुटरको तुलनामा सस्तो र महँगो दुबै रहेको बताए । उनले विद्युतीय बाइकहरुको टेक्नोलोजी महँगो भएकाले मूल्य पनि महँगो भएको बताए । 

गत असोज ६ गते बिहीवारदेखि शुरु भएको शो आज आइतबार सक्किएको छ । चार दिनसम्म चलेको शोमा २५ हजारभन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गरेको गरेको नाडाले बताएको छ । पछिल्लो समय पेट्रोल र डिजेलको मूल्य अत्याधिक बढी रहेको अवस्थामा यस्ता सवारी प्रतिस्थापनको लागि विद्युतीय सवारी साधन विकल्प बन्न थालेको छ । तर मूल्य भने सस्तो हुननसकेकोमा आम उपभोक्ताको गुनासो बढी देखिन्छ । 

Advertisement

Advertisement