नेपालमा योजना बनाउँदा थिङ्क ट्याङ्कहरुको पृष्ठपोषण गर्न जरुरी छः स्वर्णिम वाग्ले

Advertisement

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालमा योजना बनाउँदा थिङ्क ट्याङ्कहरुको पृष्ठपोषण गर्न जरुरी रहेको बताएका छन् । 

आईतवार नीति अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा उनले मुलुकमा कुनैपनि परियोजनाको सम्झौता रद्द हुँदा मुलुकलाई नै हानीनोक्सानी विषयमा पनि थिङ्क ट्याङ्कहरुले पूर्ण जानकारी राख्नुपर्ने बताए । वाग्लेले श्रीलंकाले थिङ्क ट्याङ्कहरु समेट्न नसक्दा आर्थिक संकट व्यहोरिरहेको बताए । 

Advertisement

उनले श्रीलंकमा शासकहरुको सन्कीपनका कारण पनि मुलुक संकटमा फसेको बताउँदै नेपालले पनि थिङ्क ट्याङ्कहरुलाई बेवास्ता गरेर गए मुलुकको विकास गर्न नसकिने स्पष्ट पारे । वाग्लेले कुनै पनि निर्णय गर्दा वैकल्पिक उपाय सोच्न जरुरी रहेको बताए । उनले थिङ्क ट्याङ्कहरुले दिएका सुझाव र योजनाका बारेमा गहन छलफल हुन आवश्यक भएको बताए । 

वाग्लेले देशको नीति निर्माण गर्दा पारदर्शी र विश्वसनियता कायम गर्नुपर्ने आवश्यकता औंल्याउँदै थिङ्क ट्याङ्कहरु चलायमान भइरहनुपर्ने बताए । विश्वविद्यालय भित्र पनि थिङ्क ट्याङ्कहरुलाई विकास गर्न जरुरी रहेको बताए । 

Advertisement

Advertisement