कार्कीलाई आश्वासन– प्रधानन्यायाधीश बनाउन सक्किएन, आयोगको अध्यक्ष बनाइदिउँला

Advertisement

काठमाडौं । सत्ता गठवन्धनले आज आइतबार सर्वोच्च अदालतबाट विदा भएका कामू प्रधानन्यायाधीश दीपक कार्कीलाई राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष बनाउने आश्वासन दिएको छ । 

प्रधानन्यायाधीश बन्न निकै कसरत गरेका उनलाई आयोगको अध्यक्ष बनाउने आश्वास सत्ता गठवन्धनका नेताहरुले दिएको स्रोतले बतायो । असोज १७ बाट अवकाश पाउन लागेका कार्की आज नै सर्वोच्चबाट विदा भएका हुन् । 

Advertisement

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिन अस्वीकार गरेपछि काकीको प्रधानन्यायाधीश बन्ने सपना अधुरै बनेको हो । विशेषगरी सत्ता गठवन्धन दलका नेताहरुलाई खुशी पार्न सफल भएका उनले जबरालाई भ्रष्टाचार मुद्दा लगाउन अख्तियार दुरुपयोग  अनुसन्धान आयोगलाई पटक पटक आफ्नो निजी सचिवालयबाट पत्र पठाएर दबाब दिएका थिए । तर अख्तियारले उनको दबाब अस्वीकार गरेको थियो । 

कार्कीले जबराविरोधीहरुको नेतृत्व गर्दै उनलाई महाभियोग प्रस्ताव दर्ता गराई निलम्बनमा राख्नेदेखि निलम्बन फुकुवा भएपछि पनि कार्यालय छिर्न नदिन भूमिका खेलेको आरोप भन्दै उनीमाथि गम्भीर लाग्दै आएको छ । 
 
उनी दुई दिनपछि विदेश भ्रमणमा जाने तयारीमा रहेको समाचार छ । कार्की ६५ वर्षे उमेर हदका कारण अवकाश पाउन लागेका हुन् । कार्की हटेपछि पनि न्यायालयको प्रमुख को ? भन्ने प्रश्न थप जटिल बनेको छ । जबरा निलम्बनबाट फुकुवा भए पनि उनलाई कार्यालय जान दिनबाट सरकारले रोक्दै घरमा नजरबन्द गरेको अवस्था छ । उनी कार्यालय जान नदिएकै अवस्थामा नेकपा एमालेको कोटाबाट न्यायाधीश भएका हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीशको हैसियतमा आउँदो साउनसम्मै कायम राख्ने योजनामा सत्ता गठवन्धन रहेको स्रोतले जानकारी दियो । 

Advertisement

Advertisement