सन्दीप लामिछाने भन्छन्– मविरुद्ध गम्भीर षडयन्त्र भयो, नेपाल आएर कानुनी लडाईं लड्छु

Advertisement

सन्दीप लामिछाने भन्छन्– मविरुद्ध गम्भीर षडयन्त्र भयो, नेपाल आएर कानुनी लडाईं लड्छु
काठमाडौं । राष्ट्रिय क्रिकेट टिममा निलम्बित क्याप्टेन सन्दीप लामिछानेले आफूविरुद्ध गम्भीर षडयन्त्र भएको बताएका छन् । बलात्कारको आरोप लागेर पक्राउ पुर्जी जारी गरिएका उनले सामाजिक सञ्जालमा आफूविरुद्ध झुट्टा जाहेरी दर्ता गरिएको बताएका छन् । 

लामिछानेको वक्तव्यः
१६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो शैभाग्य हो। त्यो मेरो थोरै मेहनत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन। सकारात्मक सोच, अथक मेहनत र आफूलाई सुधार्न गरिएको निरन्तर प्रयासका साथै मलाई साथ सहयोग गर्नु हुने मेरा परिवार, साथीभाई र अग्रजहरुलगायत मेरो पूरै क्रिकेट टिमको साथ, सहयोग र आर्शिवादले म आजको अवस्थासम्म पुग्न सकेको हुँ । म सदैव विश्व क्रिकेट जगतमा नेपालको नाम उच्च राख्ने प्रोरणाले अघि बढेको छु । मैले आफ्नो मेहेनतले नेपालको नाम चिनाउन पाउँदा गौरवान्भित महशुस गर्दछु।

Advertisement

म विरुद्द भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ । मविरुद्द परेको झुट्टा जाहेरीको विषयमा विद्युतीय सञ्चार माध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्यतथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरु आए । मेरो नाममा वारेण्ट जारी भएको समाचार र मविरुद्द परेको जाहेरी  सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विच्छिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्नसक्ने अवस्था मेरो रहेन् । 

यी सब कुराले मलाई एकातिर मानसिक असर गर्यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्यो र मानसिक तनाव र स्वास्थ्य खरावीको कारणले मैले मलाई आईसोलेशनमा राखेर बसेको छु । झुट्टा जाहेरी कै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शारीरिकरुपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगी डाक्टरहरुको सरसल्लाहमा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जतिसक्दो चाँडो नेपाल फर्किएर म विरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।

Advertisement

क्रिकेटप्रति सानैदेखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ । मेरो लागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे । मलाई लाग्छ नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रियरुपमा चिनाउन मेरो पनि भूमिका रहेको छ चाहे त्यो खेलाडीको रुपमा होस् वा चाहे कप्तानको रुपमा । राष्ट्रको लागि दीलो ज्यानले खेलिरहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भीर षडयन्त्रको शिकार भएको महशुस भएको छ।

मेरो अनुपस्थितिमा मलाई अपराधी सावित गराउने झुट्टा जाहेरी प्रपञ्चहरुको मैले कानूनी लडाइँ लड्ने छु । मैले बुझेसम्म नेपालको संविधानले कसूर प्रमाणित नभएसम्म कसूरदार नमानिने व्यवस्था गरेको छ साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरुद्दको हक, गोपनियताको हक, स्वास्थ्य सम्बन्धीको हक र मेरो कानून व्यवसायीसँग कानूनी परामर्श गर्न पाउने हकसमेत रहेको बुझेको छु ।
म र नेपाली क्रिके प्रति सद्भाव राख्ने आदरणीय बुवा आमा, दाजुभाई, मित्रहरु र क्रिकेट प्रेमिहरु, मेरा समर्थकहरुप्रति आभार व्यक्त गर्दछु र म वा मविरुद्द अफवाह फैलाउने समाचारहरु सम्प्रेषण नगरी दिन हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु।

Advertisement