बार्षिकोत्सवमा सनराइजले आयोजना गर्यो साइकल र्याली र रक्तदान कार्यक्रम

Advertisement

काठमाडौं । सनराइज बैंकले आफ्नो १५औं बार्षिकोत्सवको अवसरमा साइकल र्याली र रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले बार्षिकोत्सवमा विभिन्न कार्यक्रम गर्ने क्रममा यी कार्यक्रम गरेको जनाएको छ । 

‘स्वच्छ वातावरण स्वस्थ जीवन’ नारासहित शनिवार आयोजित साइकल र्याली गैरिधारास्थित बैंकको प्रधान कार्यालयबाट सुरु भएर काठमाडौ र ललितपुरका विभिन्न टोल हुँदै पुनः प्रधान कार्यालय आएर समापन भएको थियो । त्यस क्रममा ३५० भन्दा बढीकोसहभागिता रहेको जनाइएको छ । 

Advertisement

यसैगरी, बैंकले आइतवार रक्तदान कार्यक्रम आयोजना गरेको हो । आठ लाखभन्दा बढी ग्राहक रहेको सनराइज बैंकका १३९ शाखा, ९७ शाखारहित बंैकिङ, १३ वटा एक्सटेन्सन काउन्टर र १५९ एटीएम रहेका छन् । 

Advertisement

Advertisement