कृषि विकास बैंकका सीईओ उपाध्यायले पाए बैंक तथा वित्तीय विशेष सम्मान

Advertisement

काठमाडौँ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बैंक तथा वित्तीय विशेष सम्मान प्राप्त गरेका छन् । 

एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिले बैंकर उपाध्यायलाई उक्त सम्मान प्रदान गरेको हो । 

Advertisement

बैंक तथा वित्तीय क्षेत्र मार्फत देशको अर्थतन्त्रलाई समृद्धतर्फ अघि बढाउन खेलेको भूमिकाको प्रशंसा गर्दै सम्मान प्रदान गरिएको हो । 

उपाध्यायले विगत ३३ वर्षदेखि बैंक तथा वित्तीय क्षेत्रमा सेवा प्रदान गर्दै आएका छन् । उनी नेपाल बैंकर्स संघका अध्यक्ष पनि हुन् । 

उपाध्यायलाई उपराष्ट्रपति नन्दबहादुर पुन, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले उक्त सम्मान हस्तान्तरण गरेको संस्थाकी अध्यक्ष सत्यकला तामाङले बताइन् ।   


 

Advertisement

Advertisement