विश्वकपको बेला जथाभावी पार्किङ नगर्न, पार्टी गरेर फोहर नगर्न कतारको नेपालीहरुलाई आग्रह

Advertisement

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको समन्वयमा कतारको नगरपालिका मन्त्रालयले यहाँ रहेका नेपाली समुदायलाई सचेतना प्रदान गर्न प्रशिक्षण कार्यक्रम गरिएको छ । 

नेपाली समुदायका विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, अरु सयौं उपस्थित रहेको प्रशिक्षणमा विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया गरिएको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदाले बताए । 

Advertisement

कार्यक्रममा तोकिएको पार्किङ क्षेत्रमा मात्र पार्किङ गर्नु सुझाव दिइनुका साथै ठूला गाडी दोहा सिटिमा नल्याउन आग्रह गरिएको थियो । आउँदै गरेको फिफा वल्र्डकपलाई मध्यनजर गर्दै मन्त्रालयले पूराना फ्याक्नुपर्ने सोफासेट, बेड बिस्तारा, कार्पेट लगायतका सामग्री बाहिर नफ्याक्न आग्रह गरेको थियो । 

त्यस्ता सामग्री सिधै बलदियाको नम्बर १८४ मा फोन गरेर संकलन गर्न अनुरोध गर्नुपर्ने, कपडाहरु धोएर बाहिर सुकाउन नहुने, ठूला कार्गो, सामान, लोडहरुलाई बेल्ट बाधेर सुरक्षित तवरले मात्र एक ठाउँबाट अर्को ठाउँमा लैजानुपर्ने सुझाव पनि प्रशिक्षणमा दिइएको थियो ।

त्यसैगरी, पार्क, सार्बजनिक क्षेत्र लगायतमा पार्टी सेमिनार गरी फोहोर यत्रतत्र नछोडी नजिकै रहेको डस्टबिनमा ब्यबस्थित रुपमा राखिदिन आग्रह गर्दै कतार  सरकारले  यस्ता गतिविधि गरे १० हजार कतारी रियाल जरिवाना गर्ने पनि जानकारी दिएको छ । 

Advertisement

Advertisement