मनास्लु हिमपहिलोमा एकको मृत्यु, एक दर्जन बढी घाइते, दुई गम्भीरलाई काठमाडौं ल्याइयो

Advertisement

काठमाडौं । मनास्लु हिमाल आरोहणका क्रममा एक जनाको मृत्यु हुनुका साथै झण्डै १४ जना घाइते भएका छन् । मृत्यु हुने नेपाली रहे पनि नाम भने अहिलेसम्म खुलेको छैन् । 

मनास्लुको तेस्रो र चौथो शिविरको बीचमा गएको हिमपहिरोमा परी घाइते भएका मध्ये दुई जनालाई हेलिकप्टरबाट उद्दार गरी काठमाडौं ल्याइएको छ । उद्दार गरिएकाहरुमा डेन्जी शेर्पा र जीतबहादुर तामाङ छन् । 

Advertisement

खराव मौसमका कारण उद्दारमा कठिनाई भइरहेको पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुईंटेलले बताए । आरोहणका क्रममा रहेकामध्ये हिउँ पहिरोमा नपरेका आरोहीहरुले पहिरोमा परेकाहरुलाई उद्दार गरेर शिविरहरुमा ल्याउन प्रयास गरेका थिए । 

स्कीका लागि मनास्लु चढेकी चर्चित अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सन पनि पहिलोमा बेपत्ता भएको समाचार छ । १५ जनाको टोलीबाहेक उनी छुट्टै मनास्लु चलेको अहिलेसम्म सम्पर्कमा आउन नसकेको एक ट्रेकिङ एजेन्सीका अधिकारीले बताए । 

Advertisement

Advertisement