बैंकर्स संघका अध्यक्ष भन्छन्– व्यवसायीलाई पूर्वजानकारी दिएर ब्याजदर बढाएको हो

Advertisement

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले बजार र अर्थतन्त्रलाई असर नपर्ने गरी पूर्व जानकारी दिएर बैंकहरुले ब्याज बढाएको दाबी गरेका छन् । 

मंगलवार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तिय बजार र अर्थतन्त्रलाई असर नगर्ने गरि पूर्वजानकारी दिएर ब्याजदर बढाएको दावी गरेका हुन् । 

Advertisement

व्यवसायीहरुलाई तत्काल असर नगर्ने गरी सोचेर मात्रै निर्णय गरेको उपाध्यायको दावी छ । उनले बैंकले बजारमा तरलता लगायतका समस्याका बीच दुई पटक मात्रै ब्याजदर बढाएको बताउँदै उनले यो बीचमा पनि दुई महिनाको समय अवधि दिएर बढाएको स्पष्ट पारे । 

उपाध्यायले व्यवसायीहरुको पनि तयारी हुने गरी ब्याज बढाउँदै आएको जिकिर गर्दै अहिले डलरको मूल्य १० रुपियाँ भन्दा बढी वृद्धि भएको बताए । सबै लागत जोडेर व्यवासायीहरु बजारमा जाने बैंकको लागत जोड्न नहुने भन्ने विश्वमा कहीं नभएको उनको तर्क छ । 

उपाध्यायले बजारमा तरलताको अभावको कारण असारदेखि अहिलेसम्म कर्जा वृद्धि हुन नसकेको बताए । उनले चालु आर्थिक वर्षको पहिलो महिनादेखि अहिलेसम्म ३० देखि ४० अर्ब निक्षेप संकलन गरेको बताए । अध्यक्ष उपाध्यायले ४० अर्ब निक्षेप संकलन गर्न पनि सरकारको ९० प्रतिशत योगदान गरेको बताए । उनले बैंकहरुमा ३.५ प्रतिशतको आधार दर र मार्जिनमा ३ प्रतिशतको बोटल रेटमा बैंकहरु दिगो बनाउन नसकिने बताए । 

उपाध्यायले कर्जा प्रवाह बैंकहरुले बलियो बनाएर जानुपर्ने बताए । उनले कर्जाको ब्याजदर परिर्वतन हुने व्यवस्थापनका साथ काम गर्नसक्ने अवस्थाको बानी बसाल्न आवश्यक रहेको बताउँदै अहिले अमेरिका, भारत, तथा युरोपेली देशहरुले पनि कोरोनापछि ब्याजदर वृद्धि गरेको बताए । 

अध्यक्ष उपाध्यायले गत आर्थिक वर्ष ६.६ प्रतिशत रहेको कर्जाको ब्याजको आधार दर अहिले ९.७ प्रतिशत पुगेको बताए । उनले गत आर्थिक वर्षको यो अवधिमा ४६ प्रतिशत मुद्दतीको भार रहेकोमा अहिले वाणिज्य बैंकहरुलाई मुद्दतीको भार मात्रै ५८ प्रतिशत रहेको बताए । वाणिज्य बैंकहरुलाई मुद्दतीको भार अघोसित ६० प्रतिशत रहेको उपाध्यायले बताए । उनले बैंकहरुलाई मुद्दतीको भार १२ प्रतिशत बढेको बताए । 

Advertisement

Advertisement