संविधान बचाउने भए पाँच दलीय गठवन्धनलाई भोट हाल्नुपर्ने मन्त्री बडूको तर्क

Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संविधानलाई बचाउनको निम्ति गठबन्धन बनेको दावी गरेका छन् । 

मंगलवार नेपाल निजामती कर्मचारी युनियनले दशैं तिहारलगायतका पर्वहरुको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उनले तत्कालित सत्तारुढ पार्टीले दुई पटक संसद विघटन गरेर संविधानलाई मार्न खोजेकोले संविधानलाई बचाउनका लागि गठबन्धन भएको बताए । 

Advertisement

मुलुकको स्थिरताका लागि प्रतिपक्षमा रहेको काँग्रेसलाई खोजेर मुलुकको नेतृत्व दिनुपरेको बताउँदै बडूले उनले काँग्रेस नेतृत्वको गठबन्धनले संविधानलाई बचाउने बताए । बडूले भने, ‘खतराबाट बाँचेका छौँ हामी । यो संविधान बाँचेको छ । यसलाई अझ बचाउनु पर्छ । त्यसकारण बन्यो गठबन्धन । त्यसकारण यो बन्नुपर्ने भइराखेको छ । हामी त प्रतिपक्षमा छँदै थियौँ । हामीले हो र भत्काएको यो ? तर यो भत्किँदा मुलुकमा स्थिरताका लागि र संविधान खतरामा पर्यो है कहाँ छ काँग्रेस ? भनेर खोज्नु परेन ? फेरि लिड गर्यो । र हामी बचाउँदै छौँ । यो संविधान बाँच्छ । यो संविधान बचाउने लडाईं र संविधान समाप्त गर्नेहरुको बीचको एउटा जनमत बन्नसक्छ ।’

आउँदो संसदीय निर्वाचन संविधान बचाउनकै लागि भएको बताउँदै उनले संविधान बचाउन पाँच दलीय गठवन्धनलाई साथ दिनुपर्ने तर्क गरे । बडूले नेपाली काँग्रेसले राजनीतिलाई ठिक ठाउँमा पुर्याएको बताए । नेपाली काँग्रेस सबैलाई एकै ठाउँमा ल्याएर नेतृत्व गर्न सफल भएको पनि उनको भनाई छ ।

Advertisement

Advertisement