आज (असोज १२)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल असोज महिनाको १२ गते बुधबार, आश्विन शुक्लपक्षको तृतीया तिथि । आज दूर्गापक्ष अन्तर्गत तेस्रो दिनको पूजा हुँदै । 

मेष 
पेशागत क्षेत्रमा उन्नति प्रगति हुने छ । बोलीमा प्रभावकारीता आउने हुँदा अरुको विश्वास जित्न सकिने छ । बौद्धिक क्षेत्र, शिक्षा क्षेत्र, अध्ययन अध्यापन, शिक्षण, स्टेसनरी, सवारीसाधन आदी क्षेत्रमा रहेकाहरुलाई अनुकुल देखिन्छ । व्यक्तित्वमा सुधार आउँदा प्रभावकारी व्यक्तित्व हुने छ । शेयर बजार औसत रहने छ ।

Advertisement

वृष
पेशागत जीवन स्थिर रहने छ । कमाईमा केही बृद्धि हुने छ । परिवारमा द्वन्दको क्रम देखिने भएकाले संयमित रहनु होला । बोलीमा कडापन देखिने छ । उद्योग, कलकारखाना, ढुवानीका सावारीसाधन, सार्वजनिक सवारीसाधन, श्रमिक, श्रम क्षेत्र, ठेक्कापट्टा आदीमा रहेकाहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

मिथुन 
पेशागत जीवनमा उतार चढावको क्रम रहने छ । पेशागत विषयमा विचार गरेर मात्र पाइला चाल्नु ठिक हुने छ । व्यक्तित्वमा कमि आउने हुँदा प्रतिष्पर्धात्मक सोचाईमा पनि कमि आउने छ । समय धैर्यता साथ पाइला चाल्नु पर्ने देखिन्छ । मनमा उदासिनताका क्रम देखा पर्ने छ । सेक्युरिटी सभिसि, होटल, रेष्टुरेण्ट, डान्स बार, जस्ता क्षेत्रमा आवद्धहरुलाई चुनौति थपिने छ । शेयर क्षेत्र मध्यम रहने छ । 

कर्कट
पेशागत जीवनमा अस्थिरताको सामना गर्नुपर्ने भएकाले विचार गरेर मात्र पाइला चाल्नु होला । आम्दानीमा भने सुधार आउने छ । व्यक्तित्व दृढ खालको हुने छ । रिस धेरै उठ्ने भएकाले अरुले कठोर खालको व्यक्तित्व भनि चित्रण गर्ने छन् । ख्यातिमा कमि आउने चुनौति देखिएकाले धैर्यता अपनाउनु उपयुक्त हुने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ ।

सिंह
पेशागत क्षेत्रमा खेलेको भुमिकाको कदर हुने छ । आम्दानीमा पनि केही बृद्धि नै हुने छ । भाग्यको बलियो साथ रहेका कारण गरेका कामहरु सफल हुने छन् । बोली प्रभावकारी हुँदा यसले पेशागत जीवनमा प्रगतिमा लैजाने छ । पैतृक सम्पत्तिमा भने नोक्सानी हुने समय सक्रिय रहेको छ । संचारमाध्यम, स्टेसनरी, पत्रकारिता, वकालत, शिक्षण, अध्यापन जस्ता क्षेत्रमा आवद्धहरुलाई समय सकारात्मक रहने छ । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ । 

कन्या
पेशागत जीवन स्थिर रहने छ । कर्मप्रतिको समर्पित हुन मन लाग्ने छ । दाम्पत्य जीवनमा कटुता आउने भएकाले दम्पत्ति बीच बादबिबादमा नजाँदा ठिक हुने छ । साझेदारीमा गरिएका कामहरुमा द्वन्द निम्तिने छ । सवारीसाधन, वाहन, घर घडेरी, होटल, रेष्टुरेण्ट जस्ता विषय बेच्नु पर्ने बाध्यात्मक अवस्था आउन सक्ने देखिन्छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

तुला
पेशागत जीवनमा कठिनाईहरुसँग जुध्नु पर्ने हुन्छ । समय संयमित रहनु पर्ने खालको छ । मनमा चिन्ता, भय र डरले सताउने छ । साथै उदासिनताले पनि सताउने छ । चिसोबाट बच्ने प्रयास गर्नु होला । आम्दानीमा गिरावट आउने हुँदा यसको असर आर्थिक जीवनमा दवाव सृजना गर्ने छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

वृश्चिक
पेशागत जीवनमा देखिएका उतारचढाव समाधान तर्फ जाने छन् । भाग्य बलियो रहेको छ जसले गर्दा आम्दानीमा बृद्धि हुने छ । तर धन सम्पत्ति नोक्सानीमा जाने समय सक्रिय रहेकाले विचार पुर्याउनु होला । होटल, रेष्टुरेण्ट, डान्स बार जस्ता क्षेत्रमा आवद्धहरुलाई केही सकारात्मक संकेत देखिने छ । घर घडेरीको कारोवारमा रहकाहरुलाई समय प्रतिकुल रहेको छ । शेयर क्षेत्रमा भने सकारात्मक हुने छैन् ।

धनु 
पेशागत जीवन औसत खालको हुने छ । आम्दानीमा सोचे जस्तो प्रगति नहुँदा परिवारमा दवाव सृजना हुने छ । आन्तरिक चुतरताका कारण अरुसँग मिलेर गर्नु पर्ने काममा अनुकुलता हुने छ । मनोबलमा बृद्धि हुने हुँदा मनमा उत्साह आउने छ । रिस नियन्त्रणमा ध्यान दिनु होला । शेयर क्षेत्र औसत रहने छ । 

मकर 
पेशागत क्षेत्र भने धेरै अनुकुल नभए पनि निराश भई हाल्ने खालको पनि हुने छैन् । शारीरिक कमजोरीले सताउने छ । मनमा पनि खिन्नता आउने भएकाले ठिक्क मात्र सोच्नु होला । परिवारको साथले गर्दा कठिनाईमा आड भरोसा प्राप्त हुने छ । तर बोलीमा कडापनको मात्रा देखा पर्ने भएकाले यसले झगडा निम्त्याउने छ । जीवनसाथिको साथ लिएर कार्यहरु गरेमा सफलता मिल्ने छ । शेयर बजार औसत रहने छ ।

कुम्भ 
पेशागत जीवनमा धेरै उन्नति नभए पनि कमजोर अवस्था पनि आउने छैन् । आम्दानीमा केही बृद्धि हुन पुग्ने छ । जीवनसाथिको साथ र सल्लाहमा काम गरेमा सफलता मिल्ने छ । प्रभावकारी बोली हुने हुँदा अरुले विश्वास गर्ने छन् । पैतृक सम्पत्तिका विषयमा विवाद निम्तिने छ । समाज सेवा, सार्वजनिक यातायात, ढुवानी साधन, उद्योग कलकारखाना, ठेक्कापट्टा, पत्रकारिता, मार्केटिङ्ग जस्ता क्षेत्रमा आवद्धहरुलाई अनुकुल रहने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ ।

मीन
पेशागत जीवनमा ठिक्क महत्वाकांक्षा राख्दा राम्रो । बौद्धिक खालको व्यक्तित्व हुने छ, तर सो अनुसारको कदर नहुँदा मनमा निराशा देखिने छ । मनमा दृढता आउने भएता पनि दुविधाले छोड्ने छैन् । प्रतिष्पर्धात्मक क्षमतामा कमि आउँदा अरुले पेल्ने छन्, जसले ग र्दा हिनताबोध जस्तो हुन जाने छ । शेयर क्षेत्रबाट आशा गरेअनुसार लाभ मिल्ने छैन् ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement