पर्यटन दिवसमा जनकपुरधाममा झाँकीसहितको विशेष कार्यक्रम आयोजना

Advertisement

जनकपुर । सेप्टेम्बर २७ अर्थात् ४३औँ विश्व पर्यटन दिवस मंगलबार नेपालमा पनि कार्यक्रमहरु आयोजना गरियो । कोरोना महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रमसहित यो दिवस मनाएको हो । 

‘रिथिङ्किङ टुरिज्म’ भन्ने नाराका देशका विभिन्न पर्यटकीय गन्तव्यमा कार्यक्रमहरु आयोजना भए । यसैबीच पर्यटन पुर्नविचार नाराका साथ जनकपुरधाममा पनि ४३ औं विश्व पर्यटन दिवस मनाइयो ।  

Advertisement

कार्यक्रममा बिहान झाँकी प्रदर्शन गर्दै रेल्वे स्टेशनदेखि जानकी मन्दिरसम्म प्रभात फेरि गरियो । समापन कार्यक्रममा मधेशका पर्यटनमन्त्री सत्रुधन महतोले पर्यटन प्रवर्द्धनलाई व्यवस्थित बनाउनका लागि स्थानीय सरकार तथा सरोकारावालाहरुबीच सहकार्यको वातावरण बन्न आवश्यक रहेको बताए । 

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले जनकपुरधामको गौरवशाली धार्मिक इतिहासलाई जीवन्त बनाउन मिथिलाको प्राचीन राजधानीसमेत रहेको जनकपुरधामलाई पर्यटकीय नगरीको रुपमा विकास गर्नुको विकल्प नरहेको बताए । 

कार्यक्रममा उद्योग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वन मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका, नेपाल पर्यटन बोर्ड, जिविकोपार्जन पुनरोत्थानका लागि दीगो पर्यटन परियोजना, विभिन्न विद्यालय, संघ संस्थाका प्रतिनिधि सहभागी थिए । 

Advertisement

Advertisement