Advertisement

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । बुधवार राजधानीमा एक कार्यक्रमबीच राप्रपा प्रवेश गरेका हुन् । 

पार्टी प्रवेश कार्यक्रममा व्राह्मण बटुकहरुले स्वस्तिवाचन र शंखघोष गरेका थिए भने राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । आजै राप्रपा नेपाल, नेपालका लागि नेपाली अभियानलगायतका थुप्रै पार्टी तथा अभियानबाट मानिसहरु राप्रपामा छिरेका थिए । 

Advertisement

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् । यसअघि सोमवार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए । मिश्र काठमाडौं–१ बाट चुनावी प्रतिष्पर्धाको तयारीमा छन् । 

Advertisement

Advertisement