बीमा कम्पनीहरुको पुँजी अझै वृद्धि गर्नुपर्ने समितिका अध्यक्ष सिलवालको जोड

Advertisement

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले बीमा कम्पनीहरुको जति पूँजी वृद्धि भयो, त्यति बीमा दावी भुक्तानी सहजरुपमा हुने र बीमाप्रतिको विश्वास बढ्ने तर्क गरेका छन् । 

दशैं तिहारको अवसरमा समिति कर्मचारी युनियनले आयोजना गरेको कार्यक्रममा शुभकामना दिँदै उनले कम्पनीहरुले अझै पूँजी वृद्धि गर्नुपर्ने कुरामा जोड दिए । 

Advertisement

सिलवालले बीमा कम्पनीहरुको पूँजी वृद्धिको निर्णय गरेअनुरुप कम्पनीहरु मर्जरमा जान थालेको र २० वटा कम्पनीले मर्जरका लागि समितिबाट स्वीकृति लिएको बताए । नयाँ बीमा ऐन आएपछि बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुने र प्राधिकरण स्वायत्तताको अभ्यास गर्दै अगाडि बढ्ने बताए । 

मन्त्रिपरिषद्मा पेश भएको राष्ट्रिय बीमा नीति स्वीकृत भएपछि सोही नीतिका आधारमा स्थानीय स्तरमा बीमासम्बन्धी कामकारवाही अगाडि बढ्ने उनको भनाई छ । आगामी केही महिनाभित्रै प्रदेश नं. १, गण्डकी र लुम्बिनी प्रदेशमा पनि बीमा समितिका कार्यालय स्थापना गरिने सिलवालले बताए । 

मंसिरदेखि बीमासम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरुलाई अभियानका रुपमा संचालन गर्ने समितिको योजना रहेको उनले बताए । 

Advertisement

Advertisement