मनास्लु हिमपहिरोमा हराएकी चर्चित अमेरिकी स्की खेलाडी मृत भेटियो, काठमाडौं ल्याइँदै

Advertisement

काठमाडौं । मनास्लु हिमालमा स्की गर्ने क्रममा हिमपहिरोमा परी बेपत्ता भएकी चर्चित अमेरिकी स्की खेलाडी हिलारी नेल्सन मृत भेटिएकी छन् । 

उनी गोरखा–मनाङको सिमा क्षेत्रमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । नेल्सनको शव बेस क्याम्प ल्याएर काठमाडौं ल्याइँदै छ । 

Advertisement

उमेरले ४९ बर्षकी उनी गत सोमबारदेखि बेपत्ता भएकी थिइन् । हिमपहिरोमा अर्का एक नेपालीको पनि मृत्यु भएको छ भने थुप्रै घाइते भएका थिए । नेल्सनसँगै उनका पति पनि आरोहणका लागि नेपाल आएका थिए । 

नेल्सनले २०१२ मा सगरमाथा आरोहण गरेकी थिइन् । उनले २४ घन्टाको अन्तरालमा सर्वोच्च शिखर सगरमाथा र आठ हजार मिटरभन्दा अग्लो ल्होत्से हिमालको सफल आरोहण गरेकी थिइन् । 

Advertisement

Advertisement