दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले ल्यायो बिभिन्न अफर
काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ । 
                                        बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न “नगद छोडौं डिजिटल रोजौं भन्ने नारालाई आत्मसाथ गर्दै डिजिटल कारोबार अन्तर्गत Ncell र NTC बाट गरिने हरेक TOP-UP कारोबारमा ५ प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ ।
                                        

                                        

Advertisement

त्यसैगरि, बैंकले eSewa वालेटमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको खाता लिंक गरि रकमान्तर गर्नुहुने ग्राहक मध्य एक जना भाग्यशाली ग्राहकले Huawei Honor Pad X8 प्राप्त गर्न सक्ने जानकारी समेत दिएको छ। बैंकले हालै मात्र फोकसवान पेमेण्ट सोल्युसन प्रालिद्वारा सञ्चालित MOCO डिजिटल वालेटसँग आवद्ध  भई भिसा कार्ड मार्फत डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता गरेको छ ।
बैंकका ग्राहकहरूले MOCO डिजिटल वालेटमा डेबिट भिसा कार्ड लिंक गरि भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु. २०० सम्मको छुट प्राप्त गर्नसक्नेछन् । यो छुट पहिलो २०० जना ग्राहकहरुले पहिलो पटक कारोबार गर्दा प्राप्त गर्न सक्ने छन् ।
बैंकले हाल ५ वटा प्रदेशमा ८४ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

Advertisement