पश्चिम रुकुमको मुसिकोटमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार

Advertisement

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले पश्चिम रुकुम जिल्लाको मुसिकोट नपा वडा न. १ मा २६२औं शाखा कार्यालय मुसिकोट विस्तार गरी कारोबार शुरु गरेको छ । 

बैंक सञ्चालक समितिका सदस्य दिलिपकुमार ढुङ्गाना र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ताम्रपत्र अनावरण र रिबन काटेर संयुक्त रुपमा उक्त शाखाको उद्घाट्न गरेका हुन् । 
 
उक्त अवसरमा बैंक सञ्चालक समितिका सदस्य ढुङ्गानाले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ्ग पहुंच पुर्याउने उद्धेश्य अनुरुप सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेको बताए । 

Advertisement

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले ७७ वटै जिल्ला सदरमुकाममा प्राथमिकताका साथ शाखा स्थापना गर्ने योजना बमोजिम शाखा विस्तार गरी आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताए । 

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६२ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ सेवा रहेको छ । 
 

Advertisement

Advertisement