दशैं बिदा अघिका तीन दिन लगातार बढ्यो शेयर बजार, दशैंपछि के होला ?

Advertisement

काठमाडौँ । दशैं बिदा अघिका तीन दिन शेयर बजार लगातार बढेको छ । निरन्तर घट्दै आएको बजार पछिल्ला तीन दिन उकालो चढे पनि दशैं पछिको बजार कस्तो होला ? यसै भन्न सकिने अवस्था नरहेको विश्लेषकहरु बताउँछन् । 

यसैक्रममा साताको अन्तिम दिन आज बजार १६.२९ अंकले बढेको छ । ०.८९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८५३.७६ अंकमा पुगेको छ । 

Advertisement

आज २२३ कम्पनीका १७ लाख ९१ हजार ४ सय ८० कित्ता शेयर किनबेच हुँदा ६३ करोड २४ लाख ७ हजार ६ सय २८ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार बढ्दा आज जीवन बीमा समूह भने ५.६१ प्रतिशतले घटेको छ । बाँकी समूहमा भने हरियाली छाएको छ । सबैभन्दा बढी लघुवित्त समूह ६८.१३ अंकले बढेको हो । 

आज अभियान लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ भने सामलिङ पावरका लगानीकर्ताले सबैभन्दा बढी ७.९४ प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेप्सेका अनुसार आज नेपाल इन्स्योरेन्स कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४ करोड ४८ लाख ५० हजार रुपियाँ बराबरको कारोबार भएको हो । 

साताको पहिलो दिन आइतबार बजार २३.८३ अंकले घट्दा १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपियाँ बराबरको कारोबार भएको थियो । घटस्थापनाको बिदाका कारण सोमबार शेयर बजार बन्द रहेको थियो भने मंगलबार बजार १५.९२ अंकले बढ्दा ६६ करोड ३० लाख १३ हजार रुपियाँ  र हिजो बुधबार ६.४१ अंकले बजार बढ्दा ४८ करोड ५४ लाख ८ हजार ७ सय ६८ रुपियाँ बराबरको कारोबार भएको थियो ।     
 

Advertisement

Advertisement