धार्मिक नगरी जनकपुरमा दशैंमा विशेष रौनक (फोटोफिचर)

Advertisement

जनकपुर । नेपालीहरुको महान चार्ड दशैं सुरु भएसँगै तराईको धार्मिक नगरी जनकपुर झिलिमिलि उज्यालोले झकिझकाउ हुन पुगेको छ । शहरका धार्मिक स्थलदेखि मनोरञ्जन स्थल र दशैका लागि बनाइएका पण्डालहरु सजाइएका देख्न सकिन्छ ।  

विशेषगरी बेलुकीको समय यी ठाउँमा रमाइलो गरिन्छ । नाचगान र भीडभाड हुने पण्डालहरुमा महिलाले झिझिया नृत्य प्रस्तुत गर्दछन् । झिझिया मिथिलाञ्चलको प्रसिद्ध लोकनृत्य हो । 

Advertisement

महावीर युवा कमिटी राम युवा कमिटी, र रामानन्द युवा क्लब लगायत दर्जनौं क्लब र समूहले दशैंको बेला हरेक वर्ष रमाइलो गर्न र संस्कृति कायम राख्न विशेष व्यवस्था गरेका हुन्छन् । 

महावीर युवा कमिटीका अध्यक्ष बलराम साहले दशैं भन्दा एक महिनाअघि आफूहरुले पूजा व्यवस्थापनको लागि समिटी गठन गर्ने, त्यो समिटिमा २० जना सदस्य हुने, त्यसले सुरक्षा, पर्साद, फूल, लाइट, साउन्ड जस्ता कुराहरुको व्यवस्थापन गर्ने बताए । 

उनले भने, ‘घटस्थापनाको एक दिनअघिबाटै दशैं विशेष सजावट र तयारी गछौं । यो १० दिनसम्म निरन्तर रहन्छ । झिझिया नृत्य दशैंभरि गरिन्छ ।’ केही तस्वीर (स्रोतः फुर्पा शेर्पा) 

 

Advertisement

Advertisement