भृकुटीमण्डपमा दुई वटा समूहको छुट्टाछुट्टै जुत्ताचप्पल मेला

Advertisement

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा एकै पटक दुई थरी व्यापारिक समूहले छुट्टाछुट्टै जुत्ताचप्पल मेला आयोजना गरेका छन् । एउटै प्रकृतिको व्यवसाय गर्ने दुई थरी समूहबीच व्यापार मेला आयोजना गर्न यस बर्ष पनि प्रतिस्पर्धा भएको हो । 

हरेक बर्ष दशैं नजिकिएसँगै यी दुई समूहबीच जुत्ताचप्पल मेला आयोजना गर्न प्रतिस्पर्धा हुने गर्दछ । छालाजुत्ता उत्पादक संघका नाममा एउटा र केही ब्राण्डहरु सम्मिलित अर्को समूहले यस्तो मेला आयोजना गरेका हुन् । कुनै समूहले यस्तो  मेला चार–पाँच दिन मात्रै नगरेर हप्तौंसम्म सञ्चालन गर्ने गरेका छन् । 

Advertisement

जुत्ता चप्पल व्यवसायीहरु पनि दुई वटा समूहमा विभाजित छन् । ठूला खालका व्यवसायी एउटा संगठनमा छन् भने साना खालका र विशेषगरी दलित समुदायका व्यवसायीहरु अर्को समूह बनाएर संगठित छन् । एउटै संगठनमा रहेकाहरुबीच पनि मेलमिलाप र सहकार्य देखिन्न । बरु एकले अर्कोलाई ‘व्यवसायिक आचरण गर्न नसकेको’ भनेर आलोचना गर्छन् । 

जुत्ताचप्पल मेलाहरु नेपाली उत्पादनलाई परिचित गराउन र प्रवद्र्धन गर्न भन्दा बढी स्टकमा  रहेका पूराना जुत्ताचप्पल बिक्री गर्न केन्द्रीत देखिन्छ । कतिपयले राम्रै छुट सुविधा पनि दिने गरेकाले उपभोक्ता लोभिने गरेका छन् । व्यवसायीहरुले नेपाललाई जुत्ताचप्पलमा आत्मनिर्भर बनाउने कुरा उठाए पनि अधिकांशले चीन तथा अन्य मुलुकबाट अर्धतयारी अवस्थामा सामानहरु ल्याएर आफ्नो ट्याग राखेर बजारमा बिक्री गर्दा उपभोक्ताको विश्वस्नीयता बढ्न सकेको छैन् । 

स्वदेशी कच्चा पदार्थ र आफ्नै डिजाइनमा जुत्ताहरु बनाउने र त्यसको बं्राण्डिङ गर्ने र ठूलो परिमाणमा उत्पादन गरे र निर्यातसमेत गर्ने योजना बनाउने आँट अहिलेसम्म कुनै पनि नेपाली व्यवसायीले गर्न सकेका देखिन्न । यसको कारण विदेशी ब्राण्डका महंगा जुत्ताचप्पलले नेपालमा अझै ठूलो बजार लिँदै आएको छ । 

Advertisement

Advertisement