मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन नियुक्त खड्काले सम्हालिन कार्यभार

Advertisement

काठमाडौँ ।  प्राध्यापक दुर्गा खड्का मिश्र हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन पदमा नियुक्त भएकी छन् । 

प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशीको सिफारिसमा बागमती प्रदेशका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति राजेन्द्र पाण्डेले प्राध्यापक प्राध्यापक खड्कालाई डीनमा नियुक्त गरेका हुन् ।

Advertisement

नव नियुक्त डीन खड्काले गत मंगलबार पद तथा गोपनियताको सपथ लिई कार्यभार सम्हालेकी छिन् । 

खड्का यसअघि मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सको पव्लिक हेल्थ डिपार्टमेन्टमा एचओडीको भूमिकामा थिईन् ।

नव नियुक्त डीन प्राध्यापक खड्काको पदावधी ४ बर्षको हुनेछ ।

Advertisement

Advertisement