देश कहाँ पुग्ने हो ? भनेर जनता त्रसित छन्, दिक्क पनि छन्ः ओली

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको अवस्था भयावह रहेको बताएका छन् । निजी निवास बालकोटमा बिहीबार पार्टी प्रवेश कार्यक्रममा उनले देशको अवस्था देखेर आम जनता दिक्क भएको बताए । 

ओलीले मंसिर ४ गते हुने संसदीय निर्वाचन देश विकासको निर्णायक निर्वाचन भएकाले एमालेलाई जिताउनुको विकल्प नरहेको जिकिर गरे । उनले देश बनाउने कुरामा शक्ति सन्तुलनको अवस्थालाई जनताको विकासको पक्षमा पार्न, राष्ट्रियता, शान्ति सुव्यवस्थाको पक्षमा पार्न र विकासको गतिलाई अघि बढाउन एमालेबाहेक अन्य कुनै राजनीतिक शक्ति नरहेको जिकिर गरे । 

Advertisement

उनले भने, ‘जनता वास्तवमा देशको जस्तो हालत र जसरी देशअघि जाँदैछ । यस्तो अवस्थाबाट दिक्क छन् । त्रसित पनि छन् । यो देश कहाँ पुग्ने हो ? एउटा भयावह स्थिति छ । यस्तो स्थितिमा मंसिर ४ गते निर्वाचन आइरहेको छ । यो निर्वाचनले एकातिर देशमा सरकार गठन गर्नेकुरा, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन गर्नेकुरा सभामुखदेखि लिएर अन्य पदाधिकारीको निर्वाचन गर्ने कुरा, सरकार गठन भनेपछि प्रधानमन्त्रीदेखि लिएर सरकार गठन गर्नेकुरा, प्रदेश सरकार गठन गर्नेकुरा र भोलि गएर आवधिक निर्वाचन गर्नेकुरा छ । यसले विभिन्न ठाउँमा महत्व स्थापना गर्नेछ । देश बनाउने कुरामा शक्ति सन्तुलनको अवस्थालाई जनताको, विकासको पक्षमा पार्न र राष्ट्रियता, शान्ति सुव्यवस्थाको पक्षमा पार्न, विकासको गतिलाई अघि बढाउन एमालेबाहेक अरुलाई सक्दैन् । त्यसकारण आज देश एमालेमय बन्दै गएको छ, पार्टी प्रवेशको लहर बढ्र्दै गएको छ । यस लहरलाई तीब्र गतिमा अघि बढाउनुपरेको छ ।’

अध्यक्ष ओलीले अहिले गठबन्धनबाट त्रस्त भएर नेता, कार्यकर्ताहरु एमाले प्रवेश गर्ने लहर चलेको भन्दै देश एमालेमय बनेको दाबी गरे । 

Advertisement

Advertisement