दशैंअघिको साता १४.७९ अंकले बढ्यो नेप्से, दुई अर्ब ८५ करोडमा समेटियो कारोबार

Advertisement

काठमाडौँ । यो साता शेयर बजार एक दिन घट्दा तीन दिन बढेको छ । सातामा चार दिनमात्रै शेयर कारोबार भयो भने सोमबार घटस्थापनाको बिदाका कारण बजार बन्द रहेको थियो । 

दशैं बिदा अघिको साता बजार १४.७९ अंकले बढेको हो । साताको पहिलो दिन आइतबार २३.८३ अंकले बजार घटेको थियो भने सोमबार बजार बन्द रह्यो । त्यसपछिका तीन दिन बजार लगातार बढेको थियो । 

Advertisement

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार मंगलबार १५.९२ अंक, बुधबार ६.४१ अंक र साताको अन्तिम दिन बिहीबार १६.२९ अंकले बजार बढेको थियो । 

यो साता समग्रमा २ अर्ब ८५ करोड ३३ लाख ९ हजार ४ सय ९३ रुपियाँको मात्रै कारोबार भयो । 

साताको पहिलो दिन आइतबार १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपियाँ, मंगलबार ६६ करोड ३० लाख १३ हजार रुपियाँ, बुधबार ४८ करोड ५४ लाख ८ हजार ७ सय ६८ रुपियाँ र साताको अन्तिम दिन बिहीबार ६३ करोड २४ लाख ७ हजार ६ सय २८ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement