बाह्र अर्ब बढीको आईपीओ आउँदैः ३४ कम्पनीमा २० वटा हाइड्रो (सूचीसहित)

Advertisement

काठमाडौँ । विभिन्न ३४ कम्पनी साधारण शेयर (आईपीओ) निष्काशनको अनुमति कुरेर बसेका छन् । यी कम्पनीहरुले कूल १२ अर्ब १० करोड ५७ लाख ३० हजार ७ सय ८५ रुपियाँ बराबरको आईपीओ निष्काशनको प्रस्तावसहित नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका हुन् । 

सेबोनको अनुमति पाए लगत्तै आईपीओ निष्काशन गर्ने प्रक्रिया शुरु गर्ने भन्दै कम्पनीहरु सेबोनबाट अनुमति कुरेर बसिरहेका हुन् । 

Advertisement

यसरी आवेदन दिनेमा बीमा कम्पनी २ वटा, जलविद्युत कम्पनी २० वटा, अन्य कम्पनी ३ वटा, लगानी सम्बन्धी कम्पनी १ वटा, होटल एण्ड टुरिजम सम्बन्धी २ वटा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ सम्बन्धी ४ वटा र लघुवित्त कम्पनी २ रहेका छन् । 

सेबोनमा आवेदन दिएका ३४ कम्पनी मध्ये १० वटा अण्डर प्रिलिमिनरी रिभ्यूको चरणमा, १३ वटालाई रिभ्यू गरी कमेन्ट पठाइएको र ११ वटा रिभ्यूको क्रममा रहेको सेबोनले जनाएको छ । 

आईपीओ निष्काशनका लागि आवेदन दिई अनुमतिको पर्खाइमा रहेका कम्पनीहरुमा रिलायबल लाइफ इन्स्योरेन्स, मुक्तिनाथ कृषि कम्पनी, सर्वोत्तम सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, दोल्ती पावर कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, माई खोला हाइड्रोपावर, मोदी इनर्जी लिमिटेड, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड र मेन्छियाम हाइड्रोपावर लिमिटेड रहेका छन् । 

यी मध्ये सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ प्रणालीबाट तथा रिलायबल लाइफले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति मागेका हुन् । 

त्यसैगरी डिश मिडिया नेटवर्क, आइएमई लाइफ इन्स्योरेन्स, हाथवे इन्भेष्टमेन्ट नेपाल, मायाखोला हाइड्रो पावर, भूगोल इनर्जी डेभलपमेन्ट, मकर जितुमाया सुरी हाइड्रो पावर, बीपीडब्लू लघुवित्त, घोराही सिमेन्ट इण्डष्ट्रिज, कुथेली बुखारी स्मल हाइड्रोपावर, ट्रेड टावर लिमिटेड, सानिमा मिडिल तमोर हाइड्रोपावर, अपर साङ्गे हाइड्रोपावर र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले पनि आईपीओ निष्काशनको अनुमति कुरिरहेका छन् ।

यी मध्ये घोराही सिमेन्टले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति मागेको हो ।  

यसैगरी सुपरमाई हाइड्रोपावर, मोलुङ हाइड्रोपावर, बाराही हाइड्रोपावर, एशियन हाइड्रो पावर,   कालिञ्चोक दर्शन लिमिटेड, सिटी होटल लिमिटेड, इन्गवा हाइड्रोपावर लिमिटेड, सुपरमाडी हाइड्रोपावर लिमिटेड, शुभम पावर लिमिटेड, थ्रीस्टार हाइड्रो पावर र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले पनि आईपीओ निष्काशनका लागि आवेदन दिएको सेबोनले जनाएको छ । 

Advertisement

Advertisement