यसअघि प्रकाशमानसँग झिनो मतले पराजित भएका मिश्र आउँदो चुनावमा विजयी हुने विश्वासमा

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पुनः काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

भर्खरै राप्रपामा प्रवेश गरेका उनले शुक्रबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्दै आफ्नो योजना पनि सुनाए । यसअघि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग झिनो मतअन्तरले पराजित भएका मिश्र (तत्कालिन विवेकशील साझा पार्टीका अध्यक्ष)ले आउँदो चुनावमा भने विजयी हुने विश्वास व्यक्त गरे ।  

Advertisement

आजको उम्मेदवारी घोषणा कार्यक्रममा यसअघि पार्टी प्रवेशका क्रममा नदेखिएका राप्रपाका नेता प्रकाशचन्द्र लोहनी उपस्थित भएका थिए । मिश्रले चन्दा बाकस राख्दै आउँदो चुनावका लागि खर्च व्यवस्थापन गर्ने अभियान पनि सुरु गरेका छन् । 

उनले आफू संवैधानिक राजसंस्थाको एजेण्डा लिएरै मतदातासँग भोट माग्ने बताउँदै जनताले गरेको फैसलालाई स्वीरका गर्ने बताए । नेपालमा कुनै न कुनै रुपको राजसंस्था पुनःस्थापना गर्नैपर्ने जरुरी रहेको मिश्रको भनाई थियो । 

उनले आफूले राजाको माया लागेर वा केही पाउँछु भनेर राजसंस्था मुद्दा नबोको स्पष्ट पार्दै भने, ‘२०७४ सालको चुनाव लड्ने बेलामा यही व्यवस्था बोकेर हिँडेकै हो । तर, थोरै समयमा के महसुस गरेँ भने यो देश भड्खालोतिर जाँदैछ । नेपालका संस्थाहरू क्षयीकृत हुँदैछन् । यदि राजसंस्थाजस्तो लामो ऐतिहासिक विरासत भएको संस्थालाई खोपामा भए पनि राख्नुभएन भने संकट पर्दा ऐया भन्ने समय पनि पाउनुहुन्न ।’

आफू नेपालको हितका लागि राजसंस्था चाहिन्छ भनिरहेको बताउँदै यो देशमा कुनै न कुनै रूपमा संविधानले बाँधेर राजसंस्था पुनःस्थापित गर्नुपर्ने बताए । उनले भने, ‘यही कुरा लिएर लिएर मतदाताकहाँ जान्छु । भोट पाए पाउँछु, नत्र खुसीसाथ धन्यवाद व्यक्त गर्छु । यसमा म प्रष्ट छु ।’

देशमा अग्रगमन र प्रतिगमनको गलत भाष्य स्थापित गरिएकोमा मिश्रले आलोचना पनि गरे । उनले भने, ‘जसले देशको दूरगामी हित, शान्ति र स्थिरता हुनुपर्छ भनिरहेका छन् र समाजलाई अहित हुने काम गरेका छैनन्, उनीहरू पश्चगामी ? अनि देशको दोहन गर्नेहरू, देशलाई विदेशीको गुलाम बनाउनेहरू अग्रगामी ? यही हो परिभाषा ? अहिले जो आफूलाई अग्रगामी भनिरहेका छन् यिनीहरु घोर पश्चगामीका रूपमा इतिहासमा दरिनेछन् ।’

Advertisement

Advertisement