ग्लोबल आईएमई बैंकको कृषि कर्जाको सुरक्षण निक्षेप तथा कर्जा सुरक्षण कोषले गर्ने

Advertisement

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र ग्लोबल आईएमई बैंकबीच कृषि कर्जा सुरक्षण गर्नेसम्वन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा कोषकी डेपुटी सीईओ उषा पौडेल र बैंकका डेपुटी सीईओ सुरेन्द्र रेग्मीले शुक्रबार हस्ताक्षर गरे । 

सम्झौताअनुसार बैंकले कृषि व्यवसायका लागि प्रवाह गर्ने तीन करोड रुपियाँसम्मको कर्जाको सुरक्षण कोषले गर्नेछ । तीन करोडमध्ये एक करोड रुपियाँभन्दा बढीको कर्जाको हकमा भने कोषसँग पूर्वस्वीकृति लिनुपर्नेछ । 

Advertisement

सुरक्षण हुने यस्तो कर्जाको सुरक्षण शुल्क बार्षिक शुन्य दशमलव ६ प्रतिशतमध्ये ५० प्रतिशत सरकारले अनुदानवापत व्यहोर्ने र बाँकी ५० प्रतिशत बैंकले दुई किस्तामा कोषलाई बुझाउने छ । कोषमा सुरक्षण कृषि कर्जा ऋणीको मृत्यु भएमा वा प्राकृतिक प्रकोपबाट परियोजना नष्ट भएमा वा विभिन्न कारण ऋण अशुलउपर हुन सकेन भने बैंकले कोषबाट दावी गर्नसक्ने र त्यस्तो दावीको ८० प्रतिशतसम्म कोषले व्यहोर्ने छ । 

Advertisement

Advertisement