एनएलजी इन्स्योरेन्सको सीईओमा पन्त  दोहोरिदै, समितिले स्वीकृति दिन बाँकी

Advertisement

काठमाडौं । एनएलजी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिलबल्लभ पन्त दोहोरिने भएका छन् । उनको कार्यकाल असोज २४ गतेदेखि लागू हुने गरी दोहोरिने भएको हो ।

बिहीबार बसेको संचालक समिति बैठकले सीईओ पन्तलाई दोहोर्याउने निर्णय गरेको कम्पनी सचिव मनोज श्रेष्ठले जानकारी दिए । उनको नियुक्तिलाई बीमा समितिले स्वीकृती दिन बाँकी छ । समितिले स्वीकृती दिएसँगै उनको कार्यकाल आगामी चार वर्षका लागि थपिनेछ ।

Advertisement

लामो समय एनएलजी इन्स्योरेन्समा काम गरेर सोही इन्स्योरेन्सको व्यवस्थापन सम्हाल्न सफल भएको भन्दै पन्तले चर्चा पनि कमाएका छन् । 

Advertisement

Advertisement