एनआईसी एशियाका ग्राहकले भाट-भटेनी सुपरमार्केटमा १० प्रतिशत छुट पाउने

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरूले भाट-भटेनी सुपरमार्केटमा डेबिट/क्रेडिट कार्डबाट तथा मोबाइल बैंकिङ एपबाट स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा अधिकतम १० प्रतिशत वा ५०० रुपियाँसम्म छुट उपलब्ध हुने योजना रहेको छ । 

बैंकले नेपालीहरूको महान चाड दशैं, तिहार, छठलगायतका पर्वको पावन अवसरमा डिजिटल कारोबारलाई प्रोत्साहन गर्न असोज १ गते देखि कात्तिक १५ सम्म भाट–भटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद डिजिटल भुक्तानी गर्ने ग्राहकहरूलाई उक्त आकर्षक छुटको व्यवस्था गरेको जनाएको छ । 

Advertisement

बैंकले यस अघि सार्वजनिक गरेको ‘दशैं–तिहार महोत्सव’ योजनामा पनि भाट–भटेनी सुपरमार्केट लगायत सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा मात्र) लगायत दर्जनौ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट उपलब्ध गराइरहेको छ । 

जसअनुसार कात्तिक १५ सम्म सेल्सबेरी, बिगमार्ट र साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पीओएस तथा एनआईसी एशिया मोबैंक मार्फत क्यूआर भुक्तानी गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म क्यासब्याक तथा छुट उपलब्ध रहेको छ । त्यसबाहेक उक्त योजनामा विभिन्न ब्राण्डबाट अनलाईन सामग्री खरिद गरी ई–कमर्श भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुटको प्रबन्ध मिलाइएको छ ।

बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । 
 

Advertisement

Advertisement