नेपाल लाइफको  कल सेन्टर सुविधा दशैंमा विदामा पनि संचालनमा हुने

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि ग्राहकका जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ । कम्पनीले दशैं विदाको अवधिमा टिकाको दिन बाहेक बिहान १० बजे देखि बेलुका ५ बजेसम्म सेवा संचालन गर्ने जनाएको हो ।

ग्राहकहरुले कल, इमेल, ह्वाट्स एप तथा भाइबर मार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ता गराउन सक्नेछन् । कम्पनीले सो सेवाबाट ग्राहकहरु लाभन्वित हुने विश्वास लिएको छ । देशैभरि फैलिएर रहेका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका १ सय ८९ शाखा तथा उपशाखाहरुबाट बीमा सेवा प्रदान हुँदै आएको छ ।
 

Advertisement

Advertisement

Advertisement