बीमा क्षेत्रका कुन सीईओले कसरी मनाउँदै छन् दशैं ?

Advertisement

काठमाडौं । नेपालीहरुको ठूलो चाड बडादशैं यतिबेला विशेषरुपमा मनाइँदै छ । आधुनिकीकरण, शहरीकरण, खानपिन तथा मनोरञ्जन गर्ने शैलीमा आएको परिवर्तन, कार्यव्यवस्तताले दशैं मनाउने परम्परागत शैलमा पनि केही परिवर्तन आएको देखिन्छ । 

बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरु पनि यतिबेला आ–आफ्नो ढंगले दशैं मनाउँदै छन् । अधिकांश सीईओ दशैं मनाउन यतिबेला राजधानी बाहिर रहेका छन् भने केही काठमाडौं उपत्यकामै दशैं मनाउँदै छन् ।

Advertisement

प्रवीणरमण पराजुली, सीईओ नेपाल लाइफ इन्स्योरेन्स
नेपाल लाइफका सीईओ प्रवीणरमण पराजुली यस पटक दशैंमा आन्तरिक पर्यटनमा रम्दै छन् । उनले दशैंको टीकाको दिनमा सबैले माने जस्तै दशैं मनाए पनि त्यो भन्दा बाहेकका दिनमा परिवारसँग घुमघाममा व्यस्त रहेको बताएका छन् । 

पराजुलीले भने,‘ मैले यसपाली दशैं काठमाडौंमै मनाउँदै छु । म देशभित्रै छु । केही दिनका लागि दैनिक व्यस्तताबाट ब्रेक लागेको छ । आन्तरिक पर्यटनमा रम्दै यसपाली देशभित्रै घुम्दैछु परिवारसँग । दशैंको दिन त त्यही सबैले जस्तै टीकाटाला लगाउने कार्यक्रम हुन्छ । त्यो भन्दाबाहेक यत्तिकै बस्नेभन्दा परिवारसँग घुम्दै छु । मलाई घुमफिर रमाइलो पनि लाग्छ ।’

सन्तोष प्रसाई, सीईओ प्रभु लाइफ 
प्रभु लाइभ इन्स्योरेन्सका सीईओ सन्तोष प्रसाईं यसपालीको दशैं आफ्नो गाउँमा मनाउँदै छन् । झापा धुलाबारीका उनी परिवारसहित धुलाबारी पुगेका छन् । 

विगतका वर्षहरुमा कोरोना महामारीका कारण धेरैको दशैं प्रभावित भयो । प्रसाईंको परिवार पनि यसबाछ अछुतो रहन सकेन् । यस पटक भने गाउँको रमाइलोमा केही खुल्ला रुपमा मनाउन उनी गाउँ पुगेका हुन् । 

तर केही दिनअघि मात्रै ठूलीआमाको निधन भएका कारण सीईओ प्रसाईंको परिवार टीका लगाउनबाट बन्चित भएको छ । टीका लगाउन नमिले पनि आफूलाई दशैं शहरमा भन्दा गाउँमै रमाइलो लाग्ने उनले अनुभव सुनाए । 

प्रसाईंले भने, ‘हामी त गाउँको मान्छे । हाम्रो गाउँघर उतै हो । वर्षमा एकपटक आउने चाडमा हामी सकेसम्म घर नै जाने गरेका छौं ।’ मांशहारी खानपिन नै रुचाउने उनी दशैं सभ्य र भव्य तरिकाले मनाउनुपर्ने मान्यता राख्छन् । 

एलपी दास, सीईओ, एलआईसी नेपाल
एलआईसी नेपालका सीईओ एलपी दास भारतीय नागरिक भए पनि नेपालमा मनाइने दशैं पर्वबाट प्रभावित छन् । उनी नवदुर्गाको पुजा तथा दशैं मनाउन मनाउन भारत गएका छन् । दासले दशैंमा नेपालमा विदा हुने भएकाले आफ्नै गाउँठाउँमा आफूले आफ्ना परिवार भेटने र मान्यजनबाट आशिर्वाद थाप्ने बताए । 

उनले नेपालमा मनाइने दशैं र भारतमा मनाइने दशैंमा समानता रहेको बताउँदै सबै हिन्दुहरुका लागि दशैं उत्तिकै महत्वपूर्ण रहेको बताए । आफू जहाँ रहे पनि रहेक दशैंमा घर जाने गरेको उनले सुनाए । 

पवन खड्का, सीईओ सूर्या लाइफ इन्स्योरेन्स
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी सीईओ पवन खड्का काठमाडौंमै दशैं मनाउँदै छन् । ललितपुरको ग्वार्कोमा बस्दै आएका उनले दशैंलगत्तै मामाघर नुवाकोट जाने योजनामा छन् । बच्चा बेलामा मामा घर जाँदाको रमाइलो सुनाउँदै उनले अहिले पनि आफूलाई मामा घर जान रमाइलो लाग्ने बताए । 

घुम्न जान रमाइलो नै लाग्ने भए पनि यति बेला बर्षाले धेरै बाटो बिगारेको हुनाले दशैंको बेला घुम्न जाने कुरा ठाउँअनुसार इच्छा हुने खड्काले बताए । तास खेल्न नरुचाउने उनी साथीहरुको अन्य किसिमको जमघट र रमाइलोमा सहभागी हुन मन पराउँछन् । 

रमेशकुमार भट्टराई, सीईओ महालक्ष्मी लाइफ 
महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रमेशकुमार भट्टराई यस पटक दशैंमा नयाँ ठाउँमा घुम्दै छन् । उनी दशैंको टीकाको दिनभन्दा अगाडी पोखरा, कुश्मा, घान्द्रुकसहितका ठाउँ घुम्न निस्किएका छन् । 

भट्टराईले दशैं वर्ष दिनको चाड र आफ्नो सम्बन्ध मजबुद बनाउने अवसर भएकाले आफू भ्याएसम्म सबै आफन्तलाई भेट्ने योजनामा छन् । उनी पूर्वजले थालनी गरेको दशैंलाई निरन्तरता दिनुपर्ने बताउँछन् । 

भट्टराईले दशैंमा अन्य रमाइलो गर्नु ठिक भए पनि जुवा, तासमा आपूm सहभागी नहुने बताए ।

राजुरमण पौडेल, कार्यकारी निर्देशक बीमा समिति 
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल यस पटक दशैं काठमाडौंमै मनाउँदै छन् । मैह्पीमा बस्दै आएका उनी ससुराको हातबाट टीका लगाउन टीका कै दिन मिलेसम्म चितवन पुग्ने सोचमा छन् । 

परिवार साथमै रहेकाले उनीहरुको सल्लाहअनुसार दशैंमा नयाँ ठाउँ कतै घुम्न जानसक्ने पनि पौडेलले बताए । उनले नेपालको संस्कृति र परम्परा नेपालको सम्पत्ति भएकाले आगामी पुस्ताका लागि यसको संरक्षण गर्नु जरुरी रहेको बताउँछन् । 

Advertisement

Advertisement