लाल मोहम्मद हत्यामा संलग्न तीन जना सार्वजनिक, सबै २१ बर्ष मुनीका, एक युवती पनि

Advertisement

काठमाडौं । भक्तपुरको गोठाटारमा गत असोज ३ गते सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

शुक्रवार प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्नहरुलाई सार्वजनिक गरेको हो । दर्जीको गोली हानीे हत्या गर्न सहयोग गरेको आरोप उनीहरुमाथि प्रहरीले लगाएको छ । 

Advertisement

प्रहरीले पक्राउ गरेका तीनैजना २१ वर्ष मुनिका रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले बताए । उनले गोली हानी हत्या गर्न सहयोग गर्ने तीन जनामध्ये एकजना महिला रहेको बताए । 

बोहराले पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीया मोहम्मद महारम मियाँ, १९ वर्षका रेहान मियाँ र सुमी भनिने सुस्मिता स्याङ्तान रहेको बताए । उनले पक्राउ पर्नेमध्ये मियाँद्वयले वीरगञ्जबाट हत्या गर्नको लागि हतियार व्यवस्थापन गर्ने काम गरेको अनुसन्धानले देखाएको बताए । 

बोहराले मोहम्मदको हत्याको लागि वीरगञ्जबाट काठमाडौंमा सुटरलाई हतियार दिएर घटनाको एक दिन अगाडि नै वीरगञ्ज पुगेको बताए । उनले पक्राउ परेकामध्ये सुस्मिताले मोहम्मदको दैनिक गतिविधिको निगरानी गर्ने काममा भूमिका खेलेको पाइएको पनि जानकारी दिए । 

बोहराले पक्राउ परेकाहरुले दिएको बयानका आधारमा थप अनुसन्धान भइरहेको र घटनामा अन्य केही व्यक्तिहरु पनि संलग्न रहेको खुलेको बताए । उनले अहिलेसम्म घटनाको अन्तिम बिन्दु कहाँसम्म पुग्छ भन्ने निष्कर्ष ननिस्किएको बताए । उनले वास्तविकतासम्म पुग्न समय लाग्ने बताए । 

Advertisement

Advertisement