शाकाहारीहरुलाई दशैंमा खाने कुराका लागि पोषणविदका केही टिप्स

Advertisement

काठमाडौं । दशैं भन्ने बित्तिकै रातो टीका, जमारा, पिङ, र मान्यजनको आर्शिवाद त छँदैछ, घरमा खसी, कुखुरा, राँडा, बंगुर काट्ने, मासु र मासुका विभिन्न परिकारको सम्झना आउँछ । 

अहिले दशैंको रमझममा नेपालीहरु छन् । अधिकांशको घरमा भोज भतेर लगाउने र मासुजन्य परिकार अधिक खाने क्रम दशैंमा हुन्छ । तर माछामासु नखानेहरुले पनि दशैं मनाइरहेका छन् । उनीहरुको दशैं के मासुविना खल्लो छ त ? मासुको अभाव पूर्ति गर्न उनीहरुलाई पनि खानेकुरामा विभिन्न विकल्पहरु रहेको पोषणविद् मधु थापा बताउँछन् । 

Advertisement

शाकाहारीले दशैंको बेला विशेष गरेर दही, पनिर, च्याउ, गाँजरको हुलुवा, मिठाईको परिकार खाएर पनि मासुको अभाव पूर्ति गर्न सक्छन् । माछामासुले मानिसलाई लाभभन्दा धेरै हानी गर्ने तथ्यहरु देखिएपछि शाकाहारीको संख्या बढ्ने क्रम देखिन्छ । कतिपय समुदाय कहिल्यै पनि माछामासु नखाने हुन्छन् । तर उनीहरुले आफ्नो ढंगले दशैं मनाइरहेका हुन्छन्  उनीहरुलाई थापाको सुझावः 

खाना शाकाहारी होस् वा मांसहारी, सबैले मात्रा मिलाएर खान जरुरी हुन्छ । दशैंको समयमा हामीले एकै पटक धेरै खान्छौं । त्यसमा पनि मिलाएर सन्तुलित गरेर खान आवश्यक हुन्छ । 

शाकाहारीले प्रोजिनजन्य खाना खानुपर्छ । शाकाहारीले मासुको बदलामा च्याउ, पनिरभन्दा पनि मिठाई खान रुचाएको हामीले पाउँछौं । तर, मासु खानलाई मात्रै मिठो होइन्, त्यसमा त प्रोटिनको मात्रा समेत धेरै हुन्छ । सोहीकारण शाकाहारीले मासुको साटो खाँदा स्वादको लागि मात्रै मिठो हुने गुलियो खानेकुराहरु मात्र नभई गेडागुडी, पनिर जस्ता खाने कुरा खानुपर्छ । त्यस्ता खानेकुरामा प्रोटिन पाइने भएकाले मासुको बदलामा प्रोटिन पाइने खानेकुरा दैनिक खाँदा राम्रो हुन्छ । 

हाम्रो शरिरलाई गुलियो धेरै खाएर फाईदा हुँदैन । गुलियोले शरिरमा इन्सुलिनको मात्रा घटबढ गर्छ  । हामीलाई सुगर हुन्छ । त्यस्तै, मानिसहरुले आफ्नो तौल घटाउन वा सन्तुलित राख्न चाहेका छन् भने यस्ता गुलियो खानेकुराले तौल बढाउने मात्रै काम गर्छ । तौल अनावश्यक बढ्नु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिदैन । 

सोयाबिन, तोफा खाँदा पनि शाकाहारीले प्रोटिन प्राप्त गर्छन् । तर, तारेको वा तेलमा डुबाएका खानेकुराले चिल्लो फ्याट तथा कार्बोहाईड्रेडको मात्रा बढाउँछ । यसरी शरिरमा अनावश्यक कार्बोहाईड्रेडको मात्रा बढ्नु बनेको बिरामी वा स्वस्थ मानिस दुवैको लागि राम्रो कुुरा होइन । 

त्यस्तै, मैदाबाट बनेका खानेकुरा पनि खाने गरेको हामीले पाउँछौं । मैदाबाट बनेको खानेकुराले शरिरमा राम्रो गर्दैन । हामीले दही, गेडागुडी, सागपातको मात्रा मिलाएर खानु राम्रो हुन्छ । 

दूध, दहीको परिकार पनि शाकाहारीले नियमित खानुपर्छ । हाम्रो शरिरमा आवश्यक भएको प्रोटिन तथा तागत खानाबाटै पाइने भएकाले दूध, दहिका परिकार पनि खानुपर्छ । 

यस्तै कुनै पनि प्रोटिज पाइने खाना धेरै खाँदा कब्जियत हुने भएकाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ । खाना शाकाहारी भए पनि शरिरलाई पानीको मात्रा भने झनै आवश्यक बनेको हुनसक्छ । त्यसैले शाकाहारी खानापानलाई पनि व्यवस्थित गर्न सकेमा हामीलाई नसर्ने किसिमका रोग लाग्ने सम्भावना कम हुन्छ । खानामा फलफूल र सलाद पनि समावेश गर्नुपर्छ ।

Advertisement

Advertisement