शहरी दशैंको रौनकः काठमाडौंको झिलिमिलिका १३ तस्वीर हेर्नुहोस्

Advertisement

काठमाडौं । देशको राजधानीका सपिङ सेन्टर दशैंका कारण रङ्गिन छन् । दशैँ, तिहार र छठलगायत पर्वहरु नजिकिएसँगै बजार झिलिमिलि बनेको हो । शहरका ठूला सपिङ मलमा चङ्गै चङ्गा टाँगिएको छ । 

बजारमा डमी पिड, लटाईले सझिइएको छ । साँझपख सडकमा घुम्दा दीपावलीको झल्को दिनेगरि बजारमा झिलिमिलि बत्ति बालिएको छ । आकर्षक बनाएर प्रतिस्पर्धात्मक बनाइएको बजारमा आगन्तुकको आकर्षण बढ्दो छ । लगातार चाडपर्वहरु आउने र यो बेला व्यापार बढ्ने हुँदा व्यापारीहरु आफ्नो व्यवसायिक प्रतिष्ठान तथा पसलहरुलाई सझाएका हुन् । 

Advertisement

दशैँ लागेसँगै काठमाडौंका विभिन्न ठाउँका बजारहरु सजिसझाउ देख्न सकिन्छ । बजार क्षेत्रका जुनसुकै गल्लीमा दशैँका लागि सामग्री किन्ने सर्वसाधारणको घुइँचो बढेको छ । उपत्यकाबाट दशैँ मनाउन गाउँघर फर्किनेहरू र उपत्यकामै दशैँ मनाउनेहरू एकैपटक बजारमा पुग्दा चाप बढेको हो । 

अर्कातिर यही बेला विदेशबाट दशैँ मनाउन आउनेहरू पनि छन् । उनका अनुसार नियमित रूपमा सञ्चालन भइरहेको सपिङ सेन्टर, कपडा होलसेल पसल तथा विभिन्न रूपमा दशैँ पर्वका लागि सजिएका पसललाई केही दिनदेखि चटारो परेको छ । तस्वीरहरुः नान 

Advertisement

Advertisement