दशैंको टीकाका दिन पनि रोजगारी र अध्ययनका लागि विदेशिनेहरुको भीड

Advertisement

काठमाडौं । देश नै दशैंमय बन्दा केही मानिस भने विदेश जान बाध्य छन् । बुधवार सम्पूर्ण नेपालीहरु महान चाड विजया दशमी मनाइरहँदा रोजगारी र अध्ययनका लागि केही मानिसहरु रातो टीका र जमरा लगाएर विमानस्थलमा परिवारसँग छुट्टिँदै थिए । 

बिहान दशैंको टीका लगाएर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवाहरु विदेश जानका लागि परिवारसँग खुशी र दुःख एकैसाथ साट्दै गरेको देख्न सकिन्थ्यो । अधिकांश नेपालीहरू दशैंको उत्सवमा रमाइरहँदा केही भने रोजगारी र उच्च शिक्षाका लागि विदेश गइरहेका हुन् । 

Advertisement

तीमध्ये अधिकांश युवा छन् । रहरले भन्दा पनि बाध्यतामा परेर आफूहरू चाडबाडको मुखमा घर परिवार छोडेर विदेश जान लागेको उनीहरू बताउँछन् । उनीहरु अहिले दशैं मनाउन नपाए पनि परिवारको भविष्यका बारेमा सोचेर आफू विदेशिन लागेको बताउँछन् । 

महान चाड बडादशैँको बेलामा सयौं युवाहरु रोजगारीका लागि विदेशिन बाध्य छन् । घरपरिवारबाट बिदा भइ खादा र टीका लगाई विदेशिने युवाहरुको जमात विमानस्थलमा बाक्लै देख्न सकिन्छ । पर्वमा घर परिवारलाई छाडेर वैदेशिक रोजगारका लागि खाडी मुलुक जान लागेका युवाहरुको मन भारी छ । यद्यपी हातमुख जोर्ने बाध्यताले चाडबाड मनाउने सुविधा भने दिएको छैन । 

Advertisement

Advertisement