भेलले बगाउँदा नुवाकोटको सडकमा एक बालिकाको मृत्यु, बालक बेपत्ता

Advertisement

नुवाकोट । ककनी गाउँपालिका २ सिमटारमा बाढीले बगाएर एक बालिकाको ज्यान गएको छ भने एक बालक बेपत्ता भएका छन् । सिमटारको ठुलो खोलाबाट क़रीब ३०० मीटर अगाड़ी सडकको भेलले बगाउँदा ककनी– २ का शिवराम घिमिरेकी छोरी आठ बर्षीया बेविसाको मृत्यु भएको हो भने चार बर्षीय छोरी श्रेयान बेपत्ता छन् । 

बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । बाबुआमासँग मोटरसाइकलमा आएका उनीहरु सडकमा आएको भेलले मोटरसाइकल अनियन्त्रित भएर लडेपछि त्यही भेलमा बगेर नालीमा पुगेका थिए । शिवराम घिमिरे ससुरालीमा टीका लगाएर परिवारलाई लिएर घर फर्किंदै थिए । 

Advertisement

उद्दारका क्रममा बेविसा निकै गम्भीर अवस्थामा भेटिएकी थिइन् । उनको उपचारका लागि ग्रिनसिटी अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । 

अबिरल बर्षाका कारण धेरै ठाउँमा बाढी, पहिरो र डुवानको समस्या देखिएको छ । नेपालको भूबनोटअनुसार सुरक्षित सडक तथा यातायात सेवा हुन नसक्दा निर्दोष जनताले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता हरेक बर्ष रहँदै आएको छ । विकासका नाममा हचुवाको भरमा डोजर चलाएर सडक खन्ने तर त्यसको गुणस्तर र सुरक्षा मापदण्ड नहेर्ने राज्य प्रणालीमा सुधार हुन नसक्दा जनता निराश हुँदै गएका छन् । 

Advertisement

Advertisement