राप्रपाले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्यायो, कांग्रेस, कम्युनिष्ट, मधेसी दल खिचातानीमै

Advertisement

काठमाडौं । ठूला दलका रुपमा रुपमा चिनिएका दलहरुबीच चुनावी तालमेल र उम्मेदवार टुंग्याउन खिचातानी चलिरहेको बेला  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न ससदीय निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रका उम्मेदवारहरु टुंगो लगाएको छ । 

सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार सबै जिल्ला कार्यसमितिले दुवै निर्वाचनका लागि पठाएका करिब सात सय उम्मेदवारमध्येबाट प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० उम्मेदवार छनोट गरेको हो । 

Advertisement

विभिन्न राजनीतिक दलबाट तालमेलका लागि प्रस्ताव आइरहेकाले जिल्लाको वस्तुस्थितिका आधारमा जुनसुकै राजनीतिक दलसँग पनि तालमेल गर्न पार्टीले जिल्ला समितिलाई सुझाव दिएको छ । सो दलले विशेषगरी एमालेसँग तालमेल गर्न खाजेको देखिए पनि ठोस आकार लिएको देखिन्न । 

राप्रपाले समान विचार भएका केही दल तथा समूहसँग एकताका लागि पार्टीले आग्रह गरेकाले पनि परिवर्तित अवस्थामा केही पार्टीसँग तालमेल हुनसक्ने बताउँदै त्यसरी तालमेल भएमा केही निर्वाचन क्षेत्रका नाम परिवर्तन हुनसक्ने जनाएको छ । आज एमाले अध्यक्ष केपी ओली र लिङदेनबीच भेटवार्ता भएर कुन कुन क्षेत्रमा तालमेल गर्ने ? भन्ने टुंगो लाग्ने बताइको छ । 

यता सत्तारुढ गठवन्धनका दलहरु र नेकपा एमालेबीच नेता कार्यकर्ता तानातान जारी छ । यही बेलामा मधेसवादी दल राजनीतिक फाइदाका लागि बार्गेनिङमा लागेका छन् । उनीहरुलाई आफ्नै दलभित्र टिकट व्यवस्थापन गर्न धौधौ हुँदा दलहरुबाटै विद्रोह सुरु हुने क्रम पनि बढेको छ । 

Advertisement

Advertisement