मनोनयन दर्ता गर्नेहरुविरुद्ध उजुरी दर्ता भएको वा अनुसन्धान भएको जानकारी दिन आग्रह

Advertisement

काठमाडौं । निर्वाचन आयोगले आसन्न संसदीय निर्वाचनमा मनोनयन दर्ता गरेका व्यक्तिहरुमाथि उजुरी दर्ता भएको वा अनुसन्धानका क्रममा रहेका व्यक्तिहरु भए निर्वाचन आयोग वा मुख्य निर्वाचन अधिकारीको कार्यालयलाई जानकारी गराउन सरकारका अनुसन्धान गर्ने निकायहरुलाई जानकारी दिन आग्रह गरेको छ ।

आयोगले निर्वाचन आयोगसँग एकीकृत किसिमको डाटा प्रणाली नरहेकाले निर्वाचमा अयोग्य व्यक्तिको उम्मेदवारी नपरोस् भन्ने मनसायले निर्वाचन आयोग वा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउन सम्बन्धित सरकारका अनुसन्धान गर्ने निकायहरुलाई आग्रह गरेको हो । 

Advertisement

शुक्रवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले अयोग्य व्यक्तिको उम्मेदवारी परेको खण्डमा समयमा नै निर्वाचन आयोग वा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउन आग्रह गरे । उनले नेपालमा अनुसन्धान गर्ने निकायहरुः नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पती शुद्धीकरण लगायतका निकायहरुले उक्त उम्मेदवारविरुद्ध मुद्दा परेर अनुसन्धान भइरहेको बारेमा जानकारी गराए आयोगले सक्रिय रुपमा त्यसको छानबिन गरी अयोग्य ठहरिएमा कानूनतः कारबाही गर्ने बताए ।

उनले भने, ‘नेपालमा अनुसन्धान गर्ने निकायहरु भनेको नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पती शुद्धिकरण भयो यी लगायत विभिन्न निकायहरु छन् । अनुसन्धान गर्दैगर्दा एकीकृत किसिमको डाटा प्रणाली अर्थात अनुसन्धान गर्दै गरेको कुनै व्यक्तिको बारेमा उम्मेदवारी भयो भने त्यो आयोगको सिस्टमले क्याच गर्नसक्ने वा त्यो मान्छेको बिरुद्धउजुरी परेको छ अनुसन्धान हुँदैछ भनेर सिस्टमले बुझ्ने संयन्त्र छैन् । यसको लागि सबै निकायहरुले कुनैपनि अयोग्य व्यक्तिको उम्मेदवारी प¥यो भने उम्मेदवारी परिसकेपछि २३ गते नै जसको उम्मेदवारी पर्छ, त्यही दिन बेलुका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले उम्मेदवारी पर्नेहरुको नामावली सार्वजनिक गर्नुहुन्छ ।’ 

वाग्लेले भने, ‘प्रकाशित नामावली आयोगको वेबसाइट र निर्वाचन अधिकृतको वेबसाइटमा गएर पनि हेर्न सकिन्छ । त्यतिबेला तद्तद् निकायले उहाँहरुले अनुसन्धान गरिरहेको अथवा मुद्दा दायर गरिसकेको कुनै व्यक्तिको उम्मेदवारी परेको छ भने ती निकायहरु पनि सक्रिय भएर (प्रो एक्टिभ) भएर समयमा नै निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउनु भयो भने आयोगले सक्रियताका साथ त्यस्ता किसिमका मनोनयन पत्र सक्रिय रुपमा जाँचबुझ गरेर छानबिन गरेर यथेष्ट कारबाही गर्छ ।’

उनले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन र प्रदेश सभा सदस्य निर्वाचन ऐनमा उम्मेदवारी दिने उम्मेदवारको योग्यता र अयोग्यताको बारेमा स्पष्ट कानूनी व्यवस्था रहेको उल्लेख गरे । 

वाग्लेले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन निर्देशिकामा पनि उम्मेदवारको योग्यताको बारेमा स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै उम्मेदवार हुने कुनैपनि उम्मेदवारले म कुन पदमा उम्मेदवारी दिँदैछु र त्यो पदमा उम्मेदवारी दिन म योग्य छु कि छैन भनेर स्वःघोषणा आफैँले गर्नुपर्ने बताए । 

उनले स्वःघोषणामा उम्मेदवारी दिने कोही पनि उम्मेदवारले पछि गएर अयोग्य प्रमाणित भएमा व्यक्ति आफैं पूर्णतः जिम्मेवार रहने बताए । वाग्लेले निर्वाचनमा उम्मेदवारी दिएको कुनैपनि व्यक्ति अयोग्य छ भने त्यही पदमा उम्मेदवारी दिने अर्को व्यक्तिले यथेष्ट प्रमाणसहित उजुरी दिएपछि उजुरी सत्य ठहरिए उम्मेदवारी बदर हुने बताए ।

निर्वाचनमा भाग लिने उम्मेदवारले निर्वाचन निर्देशिका, २०७९ को दफा १८ बमोजिम स्वःघोषणा गर्नुपर्ने व्यवस्था छ । स्वःघोषणा प्रत्येक उम्मेदवारले आफ्नो मनोनयन पत्र साथ पेस गर्नुपर्ने भएकाले मङ्सिर ४ गते हुने निर्वाचनको लागि असोज २३ गते बिहान १० बजेदेखि अपरान्ह ६ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्ने हुन्छ । 

मनोनयन दर्ता गर्नु अगावै स्पष्ट भइ स्वःघोषणापत्रमा दस्तखत गर्नुपर्नेछ । नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, पच्चीस वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको, प्रतिनिधि सभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेशसभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, कुनै कानूनले अयोग्य नभएको, सरकारी निकाय वा सरकारको अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल नरहेको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको,  प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ग), (घ), (ङ), (च), (छ), (ज), (झ) र (ञ)÷ प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ग), (घ),  (ङ), (च), (छ), (ज), (झ) र (ञ) बमोजिमको अयोग्यता नभएको, निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (३) बमोजिम कारबाही नभएको, प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको लागि कुनै दलको बन्दसूचीमा नाम नरहेको, प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि अन्य कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारको लागि मनोनयन पत्र पेस नगरेको, कुनैपनि सरकारी निकायलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको, सरकारी पेस्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको, संविधानको धारा २९१ बमोजिम विदेशको स्थायी आवासीय अनुमति पत्र (डिभी÷पीआर) नलिएको, न्यायिक वा अर्धन्यायिक निकायबाट लागेको कैद सजाय, जरिवाना तिर्न बुझाउन बाँकी नरहेको, प्रचलित कानून बमोजिम कुनै सरकारी निकायलाई बुझाउनुपर्ने कर, राजश्व, शुल्क, दस्तुर तिर्न बुझाउन बाँकी नरहेको, निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिवद्ध रहेको, नेपालको संविधान, कानून र निर्वाचन ऐन, नियम भित्र रही निर्वाचनमा भाग लिन प्रतिवद्ध रहेको,  म उम्मेदवार भएको पदमा निर्वाचित भएको अवस्थामा मैले मनोनयन पत्र साथ सिलबन्दी रूपमा पेस गरेको सम्पती विवरण निर्वाचन आयोगबाट सार्वजनिक गर्न मेरो मञ्जुरी छ भन्नेकुरा उम्मेदवारले स्वःघोषणा गर्नुपर्नेछ ।

Advertisement

Advertisement