डेङ्गु ७६ जिल्लामा फैलियो , ४४ को मृत्यु

Advertisement

काठमाडौँ । हालसम्म डेङ्गुका कारण ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ३३ हजार नौ सय ७५ जनामा  सो रोग सङ्क्रमण पुष्टि भएको छ । 

हालसम्म सातै प्रदेशका ७६ जिल्लामा डेङ्गु फैलिएको मन्त्रालयले जनाएको छ । 

Advertisement

यसैबीच पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार पाँच सय ४६ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज २६ कोरोना सङ्क्रमण मुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ५६९ छ । 

हालसम्म नेपालमा नौ लाख ९९ हजार नौ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ लाख ७८ हजार ३२४ जना सङक्रमणमुक्त भएका छन् । १२ हजार १८ जनाको हालसम्म कोरोनाका कारण मृत्यु भएको छ । 

Advertisement

Advertisement