बजारमा नक्कली नेपाली नोटको त्रास सुरु, नौ लाख नक्कली नोटसहित तीन जना पक्राउ

Advertisement

काठमाडौं । बारा प्रहरीले ९ लाख नक्कली नेपाली नोटसहित पक्राउ परेकाहरुलाई सर्वाजनिक गरेको छ । यस घटनासँगै बजारमा नेपाली नक्कली नोटको त्रास पनि बढेर गएको छ । 

नक्कली नोटसहित पक्राउ पर्नेमा भारत मोतिहारि पूर्वी चम्पारण पिपराकोठी बस्ने २५ वर्षीय रञ्जितकुमार मुखिया, कलैया उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ३४ वर्षीय सैनुल्लाह अन्सारी र सिम्रौनगढ नगरपालिका वडा नम्बर २ बस्ने ३६ वर्षका बिनाका मुखिया बिन रहेको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए । 

Advertisement

उनका अनुसार असोज २१ रञ्जितले सिम्रौनगढ नगरपालिका ५ कनकपुरस्थित एसपी साईन मोटरसाईकल लिएर नेपाल भित्रिने क्रममा पक्राउ परेका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा सैनुल्लाह र बिनाका पनि संलग्न रहेको देखिएपछि असोज २३ उनीहरुलाई पनि पक्राउ गरिएको बोगटीले बताए । 

उनीहरु विगत लामो समयदेखि नक्कली नेपाली नोट नेपालमा विभिन्न माध्यमले भित्र्याउँदै आएका गिरोह नै रहेको उनले बताए । बोगटीले निर्वाचन र चाडपर्वको मौका छोपी सिम्रौनगढ इलाकाबाट नक्कली नोटको कारोवार गर्दै आएको अनुसन्धानको क्रममा देखिएको बताए । 

Advertisement

Advertisement