प्रसिद्ध अमेरिकी गायक माइक पोस्नर फेरि नेपाल आए, सगरमाथा पदयात्रामा जाने

Advertisement

काठमाडौं । प्रसिद्ध अमेरिकी प्रख्यात गायक माइक पोस्नर फेरि नेपाल आएका छन् । चौंतिस वर्षीय उनी शनिबार नेपाल आइपुगेका हुन् । 

यसअघि पनि नेपाल आएका पोस्नरले गत वर्ष जेठ १८ गते बिहान ४ बजेर ३५ मिनेटमा सगरमाथामा पाइला टेकेका थिए । उनले डेट्रोइट जस्टिस सेन्टरको लागि सहयोग जुटाउन सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । 

Advertisement

यस पटक सगरमाथा आधार शिविरसम्म पदयात्रामा जान पोस्नर नेपाल आएको । सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिए । उनका अनुसार पोस्नर २० दिनको लागि नेपाल आएका हुन् । २२ वर्षको उमेरमा नै गीति एल्बम निकालेर चर्चामा आएका माइक पोस्नर  प्रसिद्ध ग्रामी अवार्डका लागि समेत मनोनयनमा परेका थिए । सन् २०१९ मा उनले अमेरिकाको पूर्वी खण्ड न्यू जर्सीदेखि पश्चिम खण्ड लस एन्जल्ससम्मको दुई हजार ८५१ माइलको दूरी ६ महिना पैदल हिँडेर पूरा गरेका थिए ।

Advertisement

Advertisement