‘मिलन’को ट्रेलर सार्वजनिक, मन छुने चलचित्र बनेको छः सलोन

Advertisement

काठमाडौं । नेपाली चलचित्र ‘मिलन’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक भएको हो । 

कार्यक्रममा चलचित्रका उक्त अभिनेता सलोन बस्नेतले लकडाउन सकिएलगत्तै चलचित्र शुरु गर्दा धेरै कठिनाइ भोग्नुपरेको अनुभव सुनाए । उनले यस चलचित्रमा धेरै मेहनत गरेर छायांकन गरेको भन्दै चलचित्र मनछुने बनेको बताए । 

Advertisement

बस्नेतले चलचित्रमा नयाँ कलाकारहरुको अभिनय मर्मस्पर्शी रहेकाले सबैले हेरेर साथ दिनेमा विश्वस्त रहेको बताए । 

त्यस्तै अभिनेता शोभित बस्नेतले चलचित्र धेरै राम्रो बनेको बताए । उनले यो चलचित्रमा सलोनको अभिनय पनि पोख्त भएको बताए । सलोनको विवाहबारे रंगपत्रकारको प्रश्नमा उनले विवाहको मिलनका बेला फिल्म मिलन पनि राम्रोसँग चल्ने र चाँड विवाहको बारेमा जानकारी गराउने बताए । 

त्यस्तै चलचित्रमा डेब्यु गरेकी नवनायिका शिल्पा थापाले चलचित्रमा काम गर्न कुनै कठिनाइ नभएको र आगामी दिनमा पहिलो चलचित्रमा सिकेका कुरालाई झनै पोख्त बनाएर जाने बताइन् । चलचित्र मिलन आगामी कार्तिक १८ गतेबाट देशभर एकसाथ प्रदर्शनमा हुँदैछ । 

Advertisement

Advertisement