कोभिडको समयभन्दा पनि अहिले अर्थतन्त्र अत्यन्तै निराशाजनक अवस्थामा पुगेको छः गोल्छा

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले नेपालको अर्थतन्त्र अत्यन्तै निराशाजनक अवस्थामा पुगेको बताएका छन् । 

बुधबार साँझ महासंघले आयोजना गरेको कार्यक्रममा उनले अहिलेको अर्थतन्त्रको अवस्था कोभिड महामारीको समयमा भन्दा पनि ठूलो रहेको बताउँदै भने, ‘कोभिड महामारीको चुनौतिपूर्ण अवस्थामा हामीले आठ महिना ढिलो गरी नेतृत्व लिएका थियौं । हामीलाई त्यतिबेला लागेको थियो यो भन्दा कठिन समय पहिला आएको छैन् । तर अहिले तरलताका कारण त्योभन्दा चुनौतिपूर्ण अवस्थामा पुगेको छ ।’ 

Advertisement

गोल्छाले अहिलेको समस्या उद्योगी व्यवसायीको मात्रै नभएर सबैको भएको बताए । उनले अहिलेको संकटको कारण सरकारले पनि ठूलो राजश्व गुमाएको, सर्वसाधारणले पनि महंगीको मार खेप्नुपरेको र उद्योगी व्यवसायीले पनि निराशाजनक अवस्थामा व्यवसाय गर्नुपरेको बताए । 

अध्यक्ष गोल्छाले अहिलेको समस्याको मुख्य जरो शोधनान्तर घाटा नै हो भन्दै कही बर्षदेखि नेपालको शोधनान्तर स्थिति कमजोर हुँदै गएको बताए । उनले विदेशी विनिमय संचिति १७ प्रतिशतले गिरावट भएको तथ्य प्रस्तुत गर्दै रेमिटान्स आयमा वृद्धि हुन नसक्दा तरलतामा चाप परेको, बैंकमा ऋण पाउनसक्ने अवस्था नरहेको, ब्याजदर बढेर १८ प्रतिशतसम्म पुगेको बताए । असी प्रतिशतसम्म ब्याज एक बर्षमा बढेको गोल्छाको भनाई थियो । 

उनले बाह्य कारणले समस्या आएको बेला वर्किङ क्यापिटल गाइडलाइन जारी गरेर उद्योगी व्यवसायीलाई समस्यामा पार्ने काम नेपाल राष्ट्र बैंकले गरेको गुनासो गरे । राष्ट्र बैंकको नीतिले व्यवसायी मात्रै नभएर बैंकिङ क्षेत्र पनि जटिल मोडमा पुगेको गोल्छाले बताए । 
 

Advertisement

Advertisement