सर्वोच्च शिखर सगरमाथा नजिकै २० करोड लगानीमा अस्पताल निर्माण, राष्ट्रपतिमार्फत उद्घाटन गरिने

Advertisement

काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको नजिकै २० करोड रुपियाँ लगानीमा अस्पताल निर्माण गरिएको छ । सोलुखुम्बुको फाक्डिङमा निर्माण गरिएको ‘हिमालयन शेर्पा हस्पिटल’को यही कात्तिक १९ गते राष्ट्रपतिमार्फत उद्घाटन गराउने तयारी गरिएको छ । 

लुक्ला र नाम्चेको बिचमा रहेको फाक्डिङमा बनाइएको यो अस्पतालका मुख्य लगानीकर्ता हेली एभरेष्ट प्रा।लिका प्रबन्ध निर्देशक फुर्बा गल्जेन शेर्पा हुन् । उनी हिमालयन शेर्पा फाउन्डेसनका अध्यक्ष पनि हुन् । 

Advertisement

सो ठाउँमा उनले सन् २०१५ मा क्लिनिक स्थापना गरी  निःशुल्क सेवा सुरु गरेको थिए । सन् २०१६ देखि अस्पताल निर्माण कार्य सुरु गरिएको थियो । बिचमा कोरोना महामारीले गर्दा काम प्रभावित भएर केही ढिलो भए पनि अहिले भने निर्माण सम्पन्न भइसकेको अस्पतालको अध्यक्षसमेत रहेका शेर्पाले बताए । 

उनले भने, ‘अहिले करिब ३ महिना जति भयो निर्माण सम्पन्न भएको । यो चाहिं दुई हजार ६१० मिटर उचाइमा बनेको छ । लुक्ला र नाम्चेमा अस्पतालको व्यवस्था छ । बिचमा अस्पताल नभएकोले त्यहाँका गाउँलेहरुलाई निकै गाह्रो थियो । पर्यटकलाई पनि समस्या हुने गथ्र्यो ।’ 

शेर्पाले ‘फिट एण्ड फाइन’ (स्वस्थ) मान्छेलाई फाक्डिङदेखि लुक्ला पुग्न तीन घण्टा लाग्छ भन्दै तर बिरामी मान्छेलाई सातदेखि आठ घण्टासम्म लाग्ने बताए । उनले थपे, ‘फाक्डिङको जनसंख्या पनि धेरै छ । त्यहाँका मानिस (छोरा)हरु टे«किङमा जान्छन् । महिलाहरु घरमै हुन्छन् । बालबच्चाहरु बिरामी हुने, महिलाहरु आफ्नो बच्चा बोकेर लुक्लासम्म हिंडेर अस्पतालसम्म जानुपर्ने, बिच बाटोमा बच्चा रोइरहेको हुन्छ । आमा थाकेर आफै पनि हिड्न नसकेर रोइरहेको हुन्छ । यो देखेर पनि मलाई फकलिङमा अस्पताल बनाउनुपर्छ भन्ने लाग्यो । सुगर, प्रेसर जाच गर्न जानुपर्ने बिरामी खाली पेट जानुपर्यो अस्पताल । घण्टौं हिंडेर गयो भने उल्टै बिरामी हुने अवस्था छ ।’

फाउन्डेसनमार्फत सामाजिक कार्यहरु गर्दै आएका उनी पर्यटन व्यवसायी पनि हु्न् । शेर्पाले सन् २०१५ मा भूकम्पमा क्षति भएको दुई हजार ६७२ मिटर उचाइको पेमा चोलिङ गुम्बा, तीन हजार ७९० मिटर उचाइमा रहेको खुम्जुङ गुम्बा र विद्यालयहरु पेमा चोलिङ प्राथमिक विद्यालय, जनसेवा लोअर माध्यमिक विद्यालय पनि पुननिर्माण गरेका थिए । 

हिमालयन शेर्पा अस्पतालमा अहिले एक जना डाक्टरको व्यवस्था गरिएको छ । क्रमसः अरु डाक्टर पनि थप्ने योजना रहेको अस्पतालले जनाएको छ । यस अस्पतालमा ४० वटा कोठाहरु रहे पनि १५ वटा शैलाको लागि मात्रै अनुमति पाएको छ । गाउँपालिकाको नियम अनुसार १५ वटा मात्रै शैयाको लाइसेन्स दिन मिल्ने व्यवस्था रहेको सुनाउँदै शेर्पाले आवश्यक पर्दा थप शैया पनि उपलब्ध गराउन सकिने व्यवस्था गरिएको बताए । उनले अस्पतालमा सबै सेवा सुविधाहरु रहेको बताउँदै गुणस्तरीय सेवा प्रवाहमा कुनै कमजोरी नगर्ने बताए । 

अस्पताल निर्माण गर्ने सोच कसरी आयो ? भन्ने प्रश्नमा शेर्पाको लामो प्रतिक्रियाः
सन् २०१५ मा भूकम्प गएपछि हेलिकप्टरमा खुम्बुको धेरै ठाउँहरु पुगेका थिए । खुम्बु, नाम्चे, खरीखोलासम्म पुगेका थिए । फाङक्दङमा पुग्दा मान्छेहरुको घर भत्केको थियो । चोटपटक लागेको थियो मान्छेहरुलाई । तर पनि उनीहरु अस्पताल जानुको सट्टा आफ्नो भत्किएको घर बनाउँदै थियो । त्यसको लगतै सानो पहिरो गयो । पहिरोले घर लगियो । घरमा एक जना छोरा मान्छे थिए । पहिरो जाँदा बाच्चो र उनी एकदम अप्ठयारो अवस्थामा थियो । त्यो ठाउँमा अस्पताल नभएको कारण उसलाई त्यही रातभरी राख्यो । समयमै उपचार गर्न समस्या रहेछ । सो कारण गाउँलेहरुलाई गाह्रो भएको महशुस भयो । म त्यहाँ पुगेपछि उनीहरुले आफ्नो दुःख पोख्यो । गुनासो पनि गर्यो । त्यो अवस्था र गाउँलेहरुको धेरै गुनासोहरु आएपछि म एउटा क्लिनिक खोल्छु भनेर क्लिनिक खोल्यो । सन् २०१५ मा मैले क्लिनिक खोले । नर्सलाई काठमाडौंबाट लगेर गए । गाउँलेलाई औषधि निःशुल्क उपलब्ध गराए । 

त्यस्तै, फेरि सन् २०१६ मा म फाक्दिङ पुग्दा, गाउँका मान्छेहरु करिब सय जना भेला भएर बसेका रहेछन् । मलाई चिया खुवायो । खादा लगाइदियो । उनीहरुको फेरि अर्को माग रहेछ । तपाईंले क्लिनिक खोल्दियो । अब एउटा अस्पताल पनि खोल्दिनुपर्यो भनेर उनीहरुले मसँग अनुरोध गरे । 

मैले भूकम्प गइसकेपछि करिब ५० देखि ६० लाख खर्च गरेर आफ्नै कर्मचारीहरु लगेर चामल, दाल लगायत सामानहरु दियो उनीहरुलाई । राहतको काम गरेको मेरो स्टाफहरुले । फेसबुक बनाएर राहतको कामहरुको फोटो खिचेर हालेछ । मेरो विदेश तिर भएका साथीहरुले राम्रो काम गर्यो भनेर इमेल धेरै पठायो । कसैले पाँच सय, कसैले दुई सय, कसैले १० हजार यूरो पठाइदियो । उनीहरुले पठाएको पैसा एक करोडभन्दा बढी जम्मा भएछ । त्यो पैसा मैले यस्तै राहत तिर खर्च गरेर पनि अझ एक करोड बाँकी रह्ेको थियो । गाउँलेहरुको कुरा सुनेपछि मसँग भएको विदेशी साथीहरुले पठाएको एक करोड पैसा र मेरो तर्फबाट बाँकी खर्च गरेर उनीहरुको लागि भनेर फाक्दिङममा अस्पताल निर्माण गर्ने सोच बनाए ।

त्यसपछि लगत्तै मैले अनुमति लिए अस्पताल निर्माण गर्न । मसँग विदेशी साथीहरुले पठाएको बाँकी भएको एक करोड अस्पताल निर्माणमा खर्च गरे । मैले एउटा संस्था दर्ता गरे, ‘हिमालयन शेर्पा फाउन्डेशन’ । सन् २०१६ बाट फक्दिङमा निर्माण कार्य सुरु गरेको । तर, बिचमा कोरोना महामारीले काम रोक्यो । बनाएर सकेको अहिले करिब तीन महिना जति भयो अस्पताल तयारी भएको । लाइसेन्स लिएर अस्पताल सुरु गरेको छ । 

फाक्दिङममा चाहिं मान्छेहरु हृदयघातको कारण धेरै मृत्यु हुने रहेछ । त्यस्तै, सुगर, प्रेसरको कारणले पनि हुन्छ । समान्य रोगहरु लाग्दा पनि घरमै सहेर बस्नु पर्ने अवस्था थियो फाक्दिङमा । गर्भवती महिलाहरुले उपचार नपाउने । गाउँलेहरुको समस्यालाई मध्येनजर गरी अस्पताल सुरु गरे । अस्पतालमा गाउँलेहरुलाई निःशुल्क सेवा मिल्छ । 

हामीले जीवनमा एउटा यस्तो काम गर्न पाउनु पनि सौभाग्यको कुरा हो । सबै मान्छेले यस्तो काम गर्ने सौभाग्य पनि पाउँदैन् । मलाई यो कार्य गर्न पाएकोमा भाग्यमानी ठानेको छ । यो मेरो लागि एउटा अवसर पनि हो । त्यो ठाउँमा विकासका लागि अरु पनि काम गरेको छु । अस्पतालमा त्यहाँका गाउँलेको सामान्य जाँचदेखि लिएर डेलिभरी केसहरुसम्म, डेन्टलको सेवा पनि सुरु गर्ने योजना छ । 

म पहिला नेपाल पर्यटन बोर्डको सदस्य पनि बनेको थियो । बोर्डमा हुँदा बोर्डको बजेटलाई मैले नै संचालन गर्थे । हिमाली भेगमा बजेट पठाउने काम मैले नै सुरु गरेको हो । विदेशी पर्यटकहरु हिमालमा पदयात्रा गर्न जाँदाखेरी, हिमाल आरोहणमा जाने क्रममा बिरामी हुन्छ । बिरामी भएर काठमाडौं आउनुपर्ने बाध्यता छ । बिरामी भएका पर्यटकहरुलाई फाक्दिङसम्म लिएर उपचार गरेर त्यहीबाट माथि पुनः आरोहण र पदयात्रा मै फर्काउन चाहान्छु । उनीहरुलाई उद्धार गरेर काठमाडौ पठाउने होइन् । त्यही नै राम्रो उपचार भयो भने किन काठमाडौं फर्काउने ? कुनै पनि विदेशी पर्यटकहरु नेपालमा पदयात्रा गर्न आउनका लागि उनीहरुले तीनदेखि चार वर्ष दुःख गरेर पैसा बचत गरेर नेपाल आएको हुन्छ । उनीहरु त्यहाँ नाम्चेसम्म पुग्नासाथ बिरामी भएर फर्केर आयो भने उनीहरुले चाहेको सपना पुरा हुन् सक्दैन् । यो कुरालाई पनि मध्यनजर गरेर अस्पतालको निर्माण गरेको हो । पर्यटकहरुले भने शुल्क तिरेर सेवा लिन्छ । 

Advertisement

Advertisement