वाणिज्य बैंकहरुले पहिलो त्रैमासमा कमाए १८ अर्ब ७५ करोड नाफा, कुनको कति ?

Advertisement

काठमाडौं । २६ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण सोमबार प्रकाशित गरेका छन् । बैंकहरुद्वारा प्रकाशित वित्तीय विवरणले नाफामा सुधार आएको देखाएको छ । 

चालु आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले कूल १८ अर्ब ७५ करोड नाफा आर्जजन गरेका छन् । गत आवको समीक्षा अवधिमा १७ अर्ब ७० करोड मात्रै नाफा कमाएका थिए । यसरी हेर्दा ५.९३ प्रतिशतले नाफा बढाएको देखिन्छ । 

Advertisement

सबैभन्दा बढी कुमारी बैंकले नाफा ८५.०७ प्रतिशतले  नाफा बढाएको छ । 

समग्रमा नाफा बढेको देखिए पनि २६ वटा बैंकमध्ये १२ वटा बैंकको नाफा भने घटेको छ । यसरी नाफा घट्ने बैंकहरुमा एनसीसी बैंक, मेगा बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, सनराइज बैंक, प्राइम बैंक, नेपाल बैंक, एनएमबि बैंक, लक्ष्मी बैंक, कृषि विकास बैंक र सिद्धार्थ बैंक हुन् । 

अर्ब बढी कुन कुन बैंकले कमाए ?
वाणिज्य बैंकहरुले कमाएका नाफा अनुसार कुमारी, नेपाल इन्भेष्टमेन्ट, नबिल, राष्ट्रिय वाणिज्य, एनआईसी एशिया र ग्लोबल आइएमई बैंकले एक अर्ब बढी नाफा कमाएका छन् । 

सबैभन्दा बढी कमाउनेमा एनआईसी एशिया बैंक देखिएको छ भन सनराइज बैंकले सबैभन्दा थोरै १६ करोड ५८ लाखमात्रै नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ ।  

कुन बैंकको नाफा कति ? तलको चार्ट हेरौंः 

 

Advertisement

Advertisement