दक्षिण कोरियामा भीडमा किचिएर कम्तिमा १५० जनाको मृत्यु

Advertisement

काठमाडौं । दक्षिण कोरियामा भीडले किचिएर कमितमा १५० जनाको मृत्यु भएको छ । राजधानी सोलमा हेलोइन मनाउन जम्मा भएको भीडमा ठूलो मानवीय क्षति भएको हो । 

घटनामा ८२ जना घाइते भएको स्थानीय आपतकालिन सेवाको भनाई उदृत गर्दै बीबीसीले जनाएको छ । शनिवार साँझ भएको यस घटना मृत्यु हुने अधिकांश युवाहरु छन् । सोलको रात्रिकालिन गतिविधि हुने क्षेत्रमा त्यहाँको चर्चित हेलोइन मनाउन विशेषगरी युवाहरु जम्मा भएको भीडमा मानिसहरु किचिएका हुन् । 

Advertisement

साँघुरो गल्लीमा अत्यधिक भीड जम्मा भएर ठेलमठेल भएपछि भाग दौड मच्चिएको थियो । 
कोरियाली आपतकालिन सेवाले भीडमा किचिएर मारिनेमा १९ जना विदेशी नागरिक रहेको जनाए पनि नेपालीहरु रहेनरहेको अहिलेसम्म खुलेको छैन् । 

सोलको महानगर सरकारले घटनापछि अझै ३५५ जना हराइरहेको उजुरी प्राप्त भएको जनाए पनि मृत्यु हुनेको संख्या १५० भन्दा बढी रहेको र यो संख्या अझै बढ्नसक्ने जनाइएको छ । भीडमा किचिएर बेहोस भएपछि कोरियाको आपतकालिन सेवाले उनीहरुलाई होसमा ल्याउन प्रयास गरेको सामाजिक सञ्जालमा आएका भिडियोमा देखिन्छ । 

Advertisement

Advertisement