गुजरातमा झोलुङ्गे पुल खस्दा कम्तिमा १४१ जनाको मृत्यु, मोदी स्तब्ध

Advertisement

काठमाडौं । भारतको गुजरातमा झोलुङ्गे पुल चुँडिएर खस्दा कम्तीमा १४१ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । आइतबार साँझ भएको यो दुर्घटनामा पर्नेमा धेरै बालबालिका रहेको समाचार संस्थाहरुले जनाएका छन् । 

गुजरातको मोरबी शहरमा भएको यस घटनामा झोलुङ्गे पुल खस्दा सयौं मानिस मच्छू नदीमा खसेका थिए । खस्दा समयमा पुलमा करिव चार सय मानिस भएको अनुमान गरिएको बीबीसीको समाचारमा उल्लेख छ । 

Advertisement

पुल खस्ने क्रममा झुण्डिएर र पौडी खेलेर धेरै मानिस बाँच्न सकेको जनाइएको छ । बेलायती शासन कालमै निर्माण भएको यो झोलुङ्गे पुल मर्मत संभारपछि पुनः सञ्चालनमा ल्याएको केही दिनमै खसेर ठूलो मानवीय क्षति भएको हो । 

स्थानीय अधिकारीहरूका अनुसार अहिलेसम्म १७७ जनाभन्दा धेरै मानिसहरूको उद्धार गरिएको छ । कुल २३० मिटर लामो ‍यो पुल ‘जुल्टो’ नामले परिचित थियो । पुल खसेपछि स्थानीयहरु जम्मा भएर उद्दार सुरु गरेका थिए । त्यसपछि उद्दारकर्ता र सुरक्षाकर्मीहरु पनि सहभागी भएका थिए । 

पुल खस्ने अवस्था के कारण सिर्जना भयो ? भन्ने अझै प्रस्ट हुन नसकेको स्थानीय अधिकारीहरुले बताएका छन् । दीपावलीको छुट्टीले गर्दा पुलमा धेरै मानिसको भीड भएको र भार थेग्न नसकेकोले खसेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । 

घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू उक्त दुःखद् घटनाबाट स्तब्ध बनेको बताएका छन्। 

Advertisement

Advertisement