सानिमा जीआईसी इन्स्योरेन्सको सीईओ बने सुद्युम्न उपाध्याय

Advertisement

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सुद्युम्न उपाध्यायले पाएका छन् । उनीसँग बीमा क्षेत्रमा काम गरेको करिब तीन दशक लामो अनुभव छ । उपाध्याय यसअघि सानिमा जनरल इन्स्योरेन्सको सीईओ थिए । 

प्रिमियर इन्सोरेन्समा दुई कार्यकाल व्यवस्थापन सम्हाल्न सफल भएका उनले सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनी मर्जरबाट बनेको नयाँ कम्पनीमा पुनः सीईओको जिम्मेवारी पाएका हुन् ।

Advertisement

यो कम्पनीले कातिक ७ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो । कम्पनीको सञ्चालक समितिले गत साता मात्रै उनलाई चार वर्षे कार्यकालका लागि नियुक्ति दिएको हो । यसअघि उपाध्यायले कर्पोरेट नेपालसँगको कुराकानीमा आफूले व्यवस्थापन सम्हाल्ने मौका पाए कम्पनीलाई नयाँ उचाईमा लग्ने प्रतिक्रिया दिएका थिए ।  

Advertisement

Advertisement